एआईको चुनौतीबाट बच्न सामसङलले ‘गर या मर’ को मानसिकता अपनाउनुपर्ने

 चैत ४, २०८१ सोमबार १८:२७:० | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

सामसङ इलेक्ट्रोनिक्सका अध्यक्षले कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ले निम्त्याएको चुनौतीको सामना गर्न ‘गर या मर’ को मानसिकता अपनाउनुपर्ने बताउनुभएको छ ।

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले अमेरिकी प्रविधि कम्पनी एनभिडियाको आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको एएफपीले जनाएको छ । सामसङको प्रतिद्वन्द्वी एसके हाइनिक्स ‘एआई ग्राफिक्स प्रोसेसिङ्ग युनिट’ (जीपीयू) का लागि ‘हाई ब्यान्डविथ मेमोरी’ (एचबीएम) चिप्सका लागि अमेरिकी प्रविधि कम्पनी एनभिडियाको मुख्य आपूर्तिकर्ता बनेको एएफपीले जनाएको छ ।

विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता कम्पनी सामसङले आफूले ‘सङ्कट’ को सामना गरिरहेको गएको वर्षको अक्टोबरमा नै स्वीकार गरिसकेको थियो ।

सामसङले ‘गर या मर’ अवस्थाको सामना गरिरहेको र यसबारेमा गम्भीर भएर सोच्न आवश्यक रहेको कम्पनीका अध्यक्ष ली जे–योङले बताउनुभएको दक्षिण कोरियाली समाचार संस्था योनहापलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

सामसङका अध्यक्षले अल्पकालीन नाफालाई त्याग्नु परे पनि भविष्यका लागि लगानी गर्नुपर्ने बताउनुभएको छ । अनुसन्धानमा भएको खर्चका कारण सामसङको सञ्चालन मुनाफा गएको वर्षको चौथो त्रैमासिकमा झन्डै एक तिहाइले घटेको थियो ।

सन् २०१५ मा विवादास्पद मर्जरसँग सम्बन्धित आरोपबाट सामसङका अध्यक्ष लीले गएको महिना सफाइ पाउनुभएको थियो ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया