ग्यास व्यवसायीको आन्दोलन फिर्ता, भोलिदेखि नै ढुवानी सुरु हुने

 फागुन २१, २०७५ मंगलबार २०:२०:५० | अर्जुन पोख्रेल
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गएको शुक्रबारदेखि आन्दोलन गरिरहेका ग्यास व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । 

नेपाल आयल निगममा भएको वार्तामा सहमति जुटेपछि व्यवसायीले भोलिदेखि नै भारतबाट ग्यास ल्याउने भएका हुन् । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको नेतृत्वमा भएको वार्तामा निगम सञ्चालक समितिले गठन गरेको समितिले व्यवसायीका माग सम्बोधन गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने, ग्याससहित पेट्रोलियम पदार्थ सुधार र व्यवस्थापनको लागि मार्गचित्र बनाउन उच्चस्तरीय समिति बनाउने र ग्यास उद्योगी व्यवसायीले गरेको आन्दोलन फिर्ता हुने सहमति भएको हो । व्यवसायीले भोलिदेखि नै ग्यास ढुवानी गर्ने भएकाले ग्यास अभाव हट्ने निगमले जनाएको छ । 

ग्यास ढुवानी भाडा र नाफा झण्डै दोब्बरले बढाउनुपर्ने मागसहित व्यवसायीले गएको शुक्रबारदेखि भारतबाट ग्यास ल्याउनको लागि चाहिने अग्रिम कागज अर्थात पीडीओ लिन मानेका थिएनन् । 


 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया