जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
रोल्पा – रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको गाडीमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको छ ।
हिजोदेखि सुरु भएको स्थानीय मेलाको उद्घाटन गरी त्यहीँ बास बसेका अध्यक्ष खत्रीले ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्कीङ गरीराखेको भे १ ज २७८५ नम्बरको बोलेरो जीपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिनुभयो ।
यस्तै, रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालयमा पनि मंगलबार राती तोडफोडको प्रयास भएको छ । अज्ञात समूहले ढुङ्गा प्रहार गर्दा गाउँपालिका कार्यालयको झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।