बुटवलको श्रम कार्यालय सेवाग्राहीलाई पायक पर्ने ठाउँमा सार्न मन्त्री विष्टको निर्देशन

 फागुन २७, २०७५ सोमबार १५:१९:२९ | उज्यालो सहकर्मी

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बुटवटलमा रहेको श्रम तथा रोजगार कार्यालय सार्न निर्देशन दिनुभएको छ । 

सोमबार प्रदेश पाँच अन्र्तगत बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालयको निरीक्षण गर्दै मन्त्री विष्टले सेवाग्राहीको सुविधाका लागि कायालर्य तत्काल पायक पर्ने ठाउँमा सार्न निर्देशन दिनुभएको हो । यस्तै कार्यालयमा भएको कर्मचारी अभावको समस्या समाधानका गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन रुपन्देही जानुभएका मन्त्री विष्टले बुटवलमा रहेको सीप तथा तालिम केन्द्रको कार्यालयको समेत निरीक्षण गर्नुभएको छ ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया