अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
लमजुङ – मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भएको छ ।
नदीमा पानीको बहाव बढेसँगै मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भएको हो । गएको जेठ २० गतेबाट आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भएको हो ।
मध्यमर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि अहिले औसत प्रतिदिन ७१ मेगावाटसम्म विद्युत उत्पादन भइरहेको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका केन्द्र प्रमुख पशुपतिराज गौतमले जानकारी दिनुभयो ।
‘बर्खा लाग्यो, गर्मी पनि बढ्दो छ, गर्मीले गर्दा हिउँ पग्लेर नदीमा पानीको सतह बढेको छ’, केन्द्र प्रमुख गौतमले भन्नुभयो, ‘त्यसैले पनि अहिले औसतमा प्रतिदिन ७१ मेगावाटसम्म विद्युत उत्पादन भएको छ ।’
आयोजनामा रहेका ३५-३५ मेगावाट क्षमताका दुईवटा टर्बाईन अहिले सञ्चालनमा छन् । अहिले दुईवटै टर्बाईनबाट विद्युत उत्पादन भैरहेको छ ।
‘आवश्यकता पर्दा हामीसँग थप १÷२ मेगावाटसम्म विद्युत उत्पादन गर्न सक्ने क्यापसिटीको मेशिन छ,’ उहाँले भन्नुभयो । खडेरीको समयमा पानी अपुग भएका बेला आयोजनाबाट न्यूनतम २५ मेगावाटसम्म विद्युत उत्पादन हुने पनि आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।