इरानी फ्यानले रोनाल्डोलाई सुत्नै दिएनन्

 असार ११, २०७५ सोमबार १६:३८:१५ | एजेन्सी

आइतबार राति पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो बसेको होटेलबाहिर आएर इरानी प्रशंसकहरुले होहल्ला गरेर उनको निद्रा खल्बल्याइदिएका छन् । 

५० जना जतिको समूहमा आएका इरानी प्रशंसकले रोनाल्डो र उनको टिम बसेको रुसको सारान्स्कमा रहेको मक्र्युर होटेल अगाडि आएर ‘रोनाल्डो–रोनाल्डो’ भन्दै चिच्याएका थिए । उनीहरु भुभुजेला, ड्रम तथा अन्य बाजागाजा लिएर उपस्थित भएका थिए । 

समूह बी अन्तर्गतको अन्तिम खेलमा आज पोर्चुगल र इरान खेल्दैछन् । एउटा हारले दुवैको विश्वकप यात्रा समाप्त गर्न सक्नेछ । ३ अंक मात्रै भएको इरान हार्यो भने स्वतः बाहिरिनेछ । यदि इरानसँग पोचुर्गल हार्यो भने मोरक्कोले पनि स्पेनलाई हराएको स्थितिमा मात्रै पोर्चुगल अर्को चरणमा पुग्नेछ । स्पेनलाई इरानले पोर्चुगललाई हराएको गोलअन्तरभन्दा बढीले हराउनुपर्नेछ ।

इरानी समर्थकले पोर्चुगिज टिम रोनाल्डोको निद्रा खल्बल्याएर सोमबारको खेललाई केही प्रभावित गर्न सकिन्छ भनेर त्यहाँ पुगेको बताइन्छ । 

 

धेरैबेर बाजागाजासहित होहल्ला गरेपछि रोनाल्डो झ्यालमा आएर आफू सुत्न लागेकोले हल्ला नगर्न आग्रह गरेका थिए । ३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो लयमा रहेका छन् । उनले पहिलो खेलमा नै स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए । त्यस्तै मोरक्कोविरुद्धको जितमा पनि उनले नै एक गोल गरेका थिए । 

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया