सर्लाहीमा सम्बन्ध विच्छेदका घटना बढ्दाे

 फागुन ३०, २०७५ बिहिबार १४:४४:० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत सर्लाहीको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष ०७४-०७५ मा जम्मा १०९ वटा सम्बन्ध विच्छेदका मुद्दा परेकोमा ५३ वटा मुद्दा फर्छ्याैट भइसकेको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार मुकुन्द आचार्यले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा पुरुषले ४८ महिलाले ४१ र संयुक्त पति पत्नी  दुवैको तर्फबाट २० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको उहाले जानकारी दिनुभयो ।

पुरुषले दर्ता गराएका ४८ वटा मुद्दामा सात वटा फर्छ्याैट भएको र महिलाले दर्ता गराएका ४१ मध्ये २६ वटा मुद्दा फर्छ्याैट भइसकेका छन् । पति पत्नी दुवैतर्फको संयुक्त रुपमा परेका २० वाटा  मुद्दा मध्ये सबै फर्छ्याैट भएका छन् ।

गएकाे भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता २०७४ लागू भएपछि अदालतमा पुरुषको तर्फबाट सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको संख्या निकै बढेको छ। वैदेशिक रोजगार, घरेलु हिंसा र आपसी वादविवादको कारणले सम्बन्ध विच्छेदका घटना बढेको अदालतले जनाएको छ।

अहिलेको कानुनमा पुरुषले सहजै अदालत गएर सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नसक्ने कानुन बनेपछि वैदेशिक रोजगारीबाट फर्केका पुरुषहरुले बढी सम्बन्ध विच्छेद गर्ने गरेका छन् ।

यसभन्दा पहिले पुरुषले  सम्बन्ध विच्छेद गर्न चाहँदा ९ गाविस वा, नगरपालिकाको० सिफारिस लिएर अदालत गएर पछिमात्र सम्बन्ध विच्छेद हुने गरेकोमा अहिले सिधै अदालत जानसक्ने नयाँ कानुनले अधिकार दिएपछि यो संख्या बढेको बरहथवा नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले जानकारी दिनुभयो ।

नेपालीको जारी मुलुकी देवानी संहिता २०७४ को भाग ३ को पारिवारिक कानुनको परिच्छेद ३ ले पति-पत्नीबीच चित्त नबुझे सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ ।

यो कानुन बनेपछि पति-पत्नीबीच सम्बन्ध विच्छेदकाे प्रकृया सहज भएकाले संख्या बढेको हो।

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया