लयमा रहेका रोनाल्डोलाई रोक्दै अघिल्लो चरणमा प्रवेश गर्ने दाउमा इरान

 असार ११, २०७५ सोमबार १७:५१:५८ | एजेन्सी
unn.prixa.net

फिफा विश्वकप फुटबल अन्तरगत समूह बीमा रहेका पोर्चुगल र इरान राति पौने १२ बजे भिड्दैछन् । पहिलो खेलमा स्पेनसँग बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोमाथि जित हासिल गर्दै ४ अंक जोडेको छ ।
 
आजको खेलमा पोर्चुगल विजयी भए प्री–क्वार्टरफाइनलमा पुग्नेछ । तर, पहिलो खेलमा स्पेनसँग पराजित भएको इरानले दोस्रो खेलमा मोरक्कोमाथि जित दर्ता गर्दै स्पष्ट ३ अंक हात पारेको छ ।
 
आजको खेलमा पोर्चुगल विजयी भए ७ अंक बनाउने छ भने इरान विजयी भए ६ अंकसहित प्रि–क्वार्टरफाइनलमा पुग्नेछ । तर, बराबरीमा रोकिँदा पोर्चुगल प्रि–क्वार्टरफाइनलमा पुग्छ भने इरानलाई स्पेन र मोरक्कोको नतिजा कुर्नुपर्ने हुन्छ ।
 
मुख्य गरी क्रिष्टियानो रोनाल्डोको पछिल्लो शानदार लय इरानका लागि चुनौती बन्न सक्छ । पोर्चुर्गिज टिम रोनाल्डोमाथि अधिक निर्भर रहेको अवस्थामा उनलाई रोक्न सके इरानले आफू अनुकुल नतिजा ल्याउन सक्छ ।
 
क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र सरदार एजामोनको इरानी टिम दुवै स्पष्ट ३ अंकको खोजीमा हुनेछन् ।
 
पाँचौ पटक विश्वकप खेलिरहेको इरानले अहिलेसम्म प्रतियोगितामा बलियो प्रभाव कायम गर्न सकेको छैन् । उ अहिले सम्म अन्तिम १६ मा स्थान बनाउन नसकिरहेको अवस्थामा आजको खेल इरानका लागि प्रतिष्ठाको विषय बन्न सक्छ ।
 
सम्भावित इरानी टिम : अली विरानभान, इशान हाजी साफी, मोर्तजा पौरालिगान्जी, रमिन रेजियन, माजिद हुसेनी, सइद इजा टोलाही, भाहिद अमिरी, ओमिद इब्राहिमी, करिम अन्सारीफार्ड, मेहदी तारेमी र सरदार अज्मोन रहेका छन् ।
 
सम्भावित पोर्चुगल टिम : रुई प्याट्रिसियो, पेपे, जोसेफ फोन्टे, राफायल गुरेरो, सेड्रिक सोरेस, विलियम कार्भाल्हो, जोसे माउटिन्हो, बर्नाण्डो सिल्भा, जोआओ मारियो, गोन्काले गुडेस र क्रिष्टियानो रोनाल्डो रहेका छन् ।
 
प्लेयर्स टु वाच
 
सरदार अज्मोन – इरान
 

इरानी टिमबाट अहिलेसम्म ३५ खेलमा २३ गोल गरेका सरदार रसियन टिम रुविन काजानबाट व्यवसायिक फुटबल खेल्छन् । उनी फर्नाण्डो सान्तोषको टोली पोर्चुगलविरुद्ध घातक बन्न सक्छन् ।
 
क्रिस्टियानो रोनाल्डो – पोर्चुगल
 
जारी विश्वकपमा उत्कृष्ट फर्ममा रहेका रोनाल्डोले अहिले सम्म व्यक्तिगत ४ गोल गरिसकेका छन् । पोर्चुगलका सबैभन्दा अनुभवी खेलाडी रोनाल्डोले १५२ खेलमा ८५ गोल गरेका छन् । जुन युरोपियन खेलाडीले आफ्नो देशका लागि गरेको सबैभन्दा धेरै गोल हो । 

स्पेनविरुद्ध सनसनी ह्याट्रिक गरेका रोनाल्डोले मोरक्कोविरुद्ध पनि १ गोल गरेका थिए । पोर्चुगलले विश्वकपमा गरेका पछिल्ला ५ गोल रोनाल्डोले नै गरेका छन् । जारी विश्वकपमा उनको लयलाई हेर्दा जुनसुकै टिमका लागि घातक बन्न सक्छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया