विश्वकप इतिहासमै सबैभन्दा पाका खेलाडी बने इजिप्टका ४५ वर्षीय गोलरक्षक

 असार ११, २०७५ सोमबार १९:५१:९ | एजेन्सी
unn.prixa.net

इजिप्टका गोलरक्षक इसाम अल–हदारी विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी बनेका छन् । 

विश्वकप २०१८ मा साउदी अरेबियाविरुद्ध उनले आज १५७ क्याप खेलेका छन् । ४५ वर्ष १६१ दिनका हदारी पहिलो पटक विश्वकप प्रतियोगितामा सहभागी भएका हुन् । 

हदारीले सन् २०१४ मा कोलम्बियाका गोदलरक्षक फरिद मोन्द्रागोनको रेकर्ड तोडेका हुन् । मोन्द्रागोन विश्वकप खेल्दा ४३ वर्ष र ३ दिनका थिए । 

इजिप्ट र साउदी अरेबिया दुवै विश्वकप २०१८ मा पहिलो जितको खोजीमा रहेका छन् । साउदी अरेबियाले रुससँग ५–० र उरुग्वेसँग १–० ले हारेको थियो  । त्यस्तै इजिप्ट रुससँग ३–१ ले तथा १–० ले हारेका थियो । 

समूह चरणका दुई खेल हारेका यी दुवै टोली विश्वकपबाट बाहिरिसकेका छन् । समूह एबाट रुस र उरुग्वे प्रि–क्वार्टरफाइनलमा पुगिसकेका छन् । 

रुस विश्वकपमा अल–हदारीभन्दा कान्छा ३ जना प्रशिक्षक नै रहेका छन् । उनीभन्दा कान्छा प्रशिक्षकमा सर्बियाका म्लादेन साजिक, सेनेगलका अलिओउ सिसे तथा बेल्जियमका रोबेर्टो मार्टिनेज रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया