रुस भर्सेस उरुग्वे : पहिलो हाफमा उरुग्वे २–० ले अगाडि

 असार ११, २०७५ सोमबार २०:४१:३५ | एजेन्सी

विश्वकप फुटबल २०१८ मा समूह चरणको अन्तिम खेलमा रुसविरुद्धको खेलको पहिलो हाफमा उरुग्वेले २–० को अग्रता बनाएको छ । 

खेल सुरु भएको १० औँ मिनेटमा उरुग्वेका लागि बार्सिलोना स्टार लुइस स्वारेजले फ्रिकिकमार्फत गोल गरेका हुन् । रुसका युरी गाजिन्स्किीले उरुग्वेका रोड्रिगो बेन्टान्करलाई डिबक्सबाहिर लडाएपछि उरुग्वेले फ्रिकिक पाएको थियो । स्वारेजले २० यार्डबाट हानेको प्रहार सिधै गोल भएको थियो । 

२३औं मिनेटमा उपहार गोलमार्फत उरुग्वेले अग्रता दोब्बर बनायो । डिएगो स्वारेजले डिबक्स बाहिरबाट गरेको शशक्त प्रहार क्लियर गर्न लाग्दा रुसका डेनिस चेरिसेभले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

खेलकाे ३५ अाैँ मिनेटमा रुसका इगाेर समिनाेकाेभले उरुग्वेका लक्साल्टलाई लडाएपछि दाेहाेराे पहेँलाे कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् । दश जना खेलाडीमा सीमित रुस उरुग्वेसामु निकै नै दबाबमा देखिएकाे छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया