बैजु बाबराको रिमेकमा शाहरुख र सलमानलाई एउटै पर्दामा ल्याउँदै भन्साली

 चैत २, २०७५ शनिबार १६:५१:१५ | एजेन्सी
unn.prixa.net

सञ्जय लीला भन्सालीले सन् १९५२ मा प्रदर्शन भएको सुपरहिट फिल्म बैजू बावराको रिमेक बनाउँदैछन् । भन्सालीले यस फिल्मको लागि शाहरुख खान र सलमान खानलाई ल्याउन खोजेको बताइएको छ ।

शाहरुख र सलमान खानका आ-आफ्नै फ्यानहरु छन् । दुइटैको जोडी एउटै पर्दामा देख्नको लागि उनका फ्यानहरु लालायित हुन्छन् । यसभन्दा पहिले सलमान खानले भन्सालीको सुपरहिट फिल्म ‘हम दिल दे चुके सनम’ अनि ‘साँवरिया’मा र शाहरुख खानले फिल्म 'देवदास'मा काम गरिसकेका छन् ।

भन्सालीले यो फिल्म रिमेकको लागि बैजनाथ, बैजू र बैजू तानसेन नामका टाइटलहरु रजिस्टर गराइसकेका छन् । यो फिल्ममा भन्साली सलमान र शाहरुखलाई सँगै कास्ट गर्नेछन् । यसभन्दा पहिले सन् २०१० मा कृष्णा शाहले बैजू बावरा फिल्मको रिमेक बनाउन थालेका थिए । उनले त्यसकाे नाम ‘बैजू द जिप्सी’ पनि राखिसकेका थिए ।

त्यतिबेला यो फिल्मकाे लागि आमिर खानलाई र म्यूजिकको लागि ए आर रहमानलाई छनाैट गरिएकाे थियाे । तर विभिन्न कारणवश पछि त्यो फिल्म पूरा हुन पाएन ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया