साउदीले इजिप्टलाई २–१ ले हरायो, जितको खाता नखोली घर फर्कियो सलाहको टोली

 असार ११, २०७५ सोमबार २२:२०:५४ | एजेन्सी
unn.prixa.net

समूह एको खेलमा साउदी अरबले इजिप्टलाई २–१ गोलले पराजित गरेको छ । दुई टोली विश्वकपबाट बाहिरिइसकेकाले यो खेल प्रतिष्ठाका लागि मात्र थियो ।

खेलको २२औं मिनेटमै मोहम्मद सलाहको गोलमार्फत अग्रता बनाएको इजिप्टले अग्रता जोगाउन सकेन । पहिलो हाफको इन्ज्यूरी समयमा सलमान अल फाराजले पेनाल्टी गोलमार्फत खेल बराबरीमा ल्याए ।

त्यसअघि खेलको ४१औं मिनेटमा पनि साउदीले पेनाल्टी पाएको थियो । तर, साउदी स्ट्राइकर फाहद अल मुआलादले प्रहार गरेको पेनाल्टी इजिप्टका गोलरक्षक इसम अल हारादीले बिफल पारिदिएका थिए ।

तर, खेलको इन्ज्यूरी समयमा साउदीका सलिम अल देश्वारीले विजयी गोल गरे र साउदीले विश्वकपमा सान्त्वना जित हासिल गर्न सफल भयो । तर इजिप्ट भने समूह चरणका तीनै खेल हार्दै घर फर्केको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया