मोरक्कोसँग बराबरी खेल्दै समूह विजेता बन्यो स्पेन

 असार १२, २०७५ मंगलबार ६:५५:१२ | एजेन्सी
unn.prixa.net

विश्वकप फुटबलको समूह बीबाट विजेता बनेको स्पेन नकआउट चरणमा प्रवेश गरेको छ ।
 
रुसको किलिनिंगार्ड रंगशालामा सोमबार राति अफ्रिकी प्रतिस्पर्धी मोरक्कोसँग शनशनीपूर्ण बराबरी खेल्दै स्पेन ५ अंकसहित समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेकको हो । स्पेनले मोरक्कोसँग २–२ गोलको बराबरी खेल्दा दुवै पटक पछि परेको स्थितिमा गोल गरेको थियो ।
 
खेलको १४औं मिनेटमै खालिद बोउटेवको गोलमार्फत मोरक्कोले अग्रता लिएको थियो । कप्तान सर्जियो रामोस र अर्का अनुभवी खेलाडी आन्द्रेस इनिएष्टाबीचको तालमेत बिग्रँदा त्यसको फाइदा उठाएका बोउटेवले वान भर्सेस वानमा गोल गरेका थिए ।
 
तर, उसले धेरैबेर अग्रता बनाउन सकेन र १९औं मिनेटमै आन्द्रेस इनिएष्टाको पासमा रियल मड्रिडका स्टार इस्कोले क्लोज रेञ्ज शट प्रहार गर्दै खेल बराबरीमा ल्याए ।
 
पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेका यी टोलीले दोस्रो हाफमा पनि एक–एक गोल गनए सफल भए । ७१औं मिनेटमा मोरक्कोका सब्सिच्युड स्ट्राइकर युसुफ एन नेस्रीले गोल गरे र टोलीलाई पुनः अग्रता दिलाए
 
खेलको इन्ज्यूरी समयमा सब्सिच्युड स्ट्राइकर लागो आसपासले गोल गरे । डिएगो कोष्टालाई ७४औं मिनेटमा प्रतिस्थापन गरेका आसपासले ड्यानियल कार्भाजलको पासमा गरेको गोल रेफ्रीले अफसाइड दिएका थिए ।
 
तर, भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई मान्यता लिएपछि स्पेनको उद्धार भएको हो । त्यही गोलले स्पेन समूह विजेता बनेको हो ।


 
भारको निर्णयमा स्पेन भाग्यमानी बनेको जारी विश्वकपमै यो दोस्रो पटक हो । यसअघि इरानबिरुद्धको खेलमा इरानले गरेको बराबरी गोल भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड करार गरिदिएका थिए ।
 
बराबरीपछि स्पेनको पाँच अंक भएको छ । आजै इरानसँग एक एक गोलको बराबरी खेलेको पोर्चुगलको पनि समान ५ अंक नै छ । तर, गोलअन्तरका आधारमा स्पेनले पोर्चुगललाई उछिनेको हो ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया