परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन

 असार १२, २०७५ मंगलबार १०:२:३२ | रासस
unn.prixa.net

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 

मन्त्रालयको आजको निर्णयअनुसार गठित समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भूराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल रहनुभएको छ । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरबाट गएकाे शनिबार प्रकाशित परीक्षाफलमा प्राविधिक समस्या पहिचान गरी समाधान गर्दा पूर्वप्रकाशित परीक्षाफलमा केही परीक्षार्थीको मूल अभिलेखबमोजिम परीक्षाफल संशोधन भए पनि नतिजामा देखिएको त्रुटिका सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेस गर्न र आगामी दिनमा त्यसप्रकारको समस्या नै आउन नदिन अवलम्बन गर्नुपर्ने उपाय सम्बन्धमा पाँच दिनभित्र सुझाव दिन सो समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dipak kushwaha birgunj bata

    June 26, 2018, 12:56 p.m.

    खोई हो हाम्रो देश "खालि रेल आयो, रेल आयो"मा ब्यस्त छ , सरकारले हाम्रो नतीजासंग खेलवाड गर्दै गर्दा कति जनाले आत्महत्या गर्न सक्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया