इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, प...
बैशाख १२, २०८१ बुधबार
दाङ - दाङमा सोमबार दिउँसाे भएको बस दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । ३५ जना घाइते भएका छन् ।
दाङ-घोराही-होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका वडा नम्बर-१३ बाह्रकुने दहको मौलाकोट जाने चोकनजिक रोल्पा बागमाराबाट घोराही आउँदै गरेको बस दुर्घटना हुँदा सहचालक रोल्पा रुन्टीगढी-७, का २२ वर्षीय हर्कबहादुर पुनको ज्यान गएको हो ।
ना ४ ख ६०९४ नम्बरको बस तीव्र गतिमा रहेको र जीपलाई ओभरटेक गर्दा दुर्घटना भएको यात्रु दिपक बिकले जानकारी दिनुभयो । बस सडक छेउमा रहेको कल्भटमा ठोकिएर आएको दिशातर्फ फर्किएको छ । दुर्घटनामा अहिलेसम्म ३२ जना यात्रु घाइते भएको नामावली आएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते रोल्पा माडी गाउँपालिका ३ का ६७ वर्षीय ईन्द्रबहादुर घर्तीमगर, जौलेपोखरी गाउँपालिकाका ५५ वर्षीय सम्पुरा डागी र तुलसीपुर उपमहानगरपालिका ९ का ४५ वर्षीया रथा घर्तीलाई घोराहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि कोहलपुर पठाईएको छ ।
अन्य घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।