मण्डेलाको शतवार्षिकीमा आयोजित फुटबलको उपाधि बार्सिलोनालाई

 जेठ ३, २०७५ बिहिबार ८:५३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ३ – ‘मण्डेला सेन्तेनारी’ फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ ।

दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला जन्मेको १ सय बर्ष पुरा भएको अवसरमा बुधबार राती भएको खेलमा दक्षिण अफ्रिकी च्याम्पियन क्लब मामेलोडी सनडाउन्सलाई ३–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । दक्षिण अफ्रिकी शहर जोहानेसवर्गमा भएको  खेलमा बार्सिलोनालाई जिताउन लुइस सुवारेज, उस्मान डेम्बेले  आन्द्रेइ गोमेजले गोल गरे । अन्तिम १५ मिनेट खेलेका लियोनेल मेस्सीले भने गोल गर्न सकेनन् ।

सनडाउन्सका लागि सिबुसिसो विलाकाजीले एक गोल गरे । धेरै समय मेस्सीलाइ नखेलाउँदा निराश दक्षिण अफ्रिकी नागरिकले मेस्सी मैदान प्रवेश गर्दा उठेर ताली बजाएर स्वागत गरेका थिए ।

नेलशन मण्डेला जन्मिएको १०० वर्ष पुगेको अवसरमा दक्षिण अफ्रिकामा विशेष उत्सव सञ्चालन भइरहेको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया