परराष्ट्रमन्त्री राणा आज चीनको छेन्दु जाँदै
मंसिर १३, २०८१ बिहिबार
रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम शुरू गरेका छन् । यस वडामा रहेका विभिन्न समूहले गर्भवती महिलालाई लक्षित गरी उनीहरुको पोषण सुरक्षाका लागि यो कार्यक्रम शुरू गरिएकाे हाे ।
स्थानीय ईश्वर स्वास्थ्य आमा समूह सुनुवार खोकले, लालुपाते स्वास्थ्य आमा समूह कुतुर्षा, देवी स्वास्थ्य आमा समूह कम्राती, जनज्योती स्वास्थ्य आमा समूह सित्खाटार, जनचेतना स्वास्थ्य आमा समूह, जनसेवा स्वास्थ्यआमा समूह सित्खा र बगैँचा सेतीदेवी स्वास्थ्य आमा समूहलगायतले यस्तो कार्यक्रम सञ्चालन गरिरहेका भिरपानी स्वास्थ्य चौकी आँपचौरका स्वास्थ्यकर्मी नारायणकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
अहिलेसम्म यी समूहले २४ जनाभन्दा बढीलाई पोषण सामग्री हस्तान्तरण गरिसकेका छन् । ‘हरेक बार खाना चार’ भन्ने मूल नाराका साथ सुत्केरी तथा गर्भवती महिलालाई यस कार्यक्रममार्फत नीजि खर्चमा पोषण सामग्री हस्तान्तरण गर्दै आइएको ईश्वर स्वास्थ्य आमा समूहकी सचिब एवम् महिला स्वास्थ्य स्वयंसेविका तेजकुमारी सुनुवारले जानकारी दिनुभयो । यो अभियान निरन्तर चलाउने योजना रहेको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।