खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला उनको व्यक्तिगत र प्रोफेसनल जिन्दगीको निकै नै सुन्दर पलमा छिन् । उनी एक पछि अर्को गर्दै सुपरहिट फिल्म दिएर बलिउडकै टप अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् ।
आलिया अहिले अभिनेता रणवीर कपूरलाई डेट गरिरहेकी छिन् । रणवीरको परिवार र आलियाको परिवारले पनि उनीहरुको सम्बन्धलाई सहर्ष स्वीकार गरिसकेको छ । तसर्थ आलिया भट्ट स्वयमले आफू अहिले जीवनको सुन्दर पल बिताइरहेकोे कुरा मिडियासँग बताएकी थिइन् । अहिले फेरि आलिया भट्टको मिडियामा चर्चा भइरहेको छ ।
तर यो चर्चा उनको कनै फिल्म वा प्रेम प्रसंगलाई लिएर भने भएको होइन । सन् २०१२ देखि बलिउड करियर सुरु गरेकी आलिया भट्टलाई उनका ड्राईभर सुनिल र सहयोगी अमोलले साथ दिदै आइरहेका थिए ।
यि दुबै जनलाई आलिया भट्ट आफ्नो परिवारको सदस्य झैँ मान्ने गर्छिन् । यही कारण आलिया भट्टले उनका ड्राइभर सुनिल र अमोलाई ५० लाख रुपैयाँ मूल्य पर्ने घर उपहार स्वरुप दिएकी छिन् ।
आलियाले उनको २६औंँ जन्मदिनको अवसरमा सुनिल र अमोलाई यति महंगो उपहार दिएकी हुन् । आलियाले सुनिल र अमोललाई मुम्बईमा घर किन्नका लागि ५०/५० लाख रुपैयाँ दिएकी हुन् । खबरहरुका अनुसार सुनिल र अमोलले मुम्बईको जुहुमा आफ्ना लागि घर पनि बुक गरिसकेका छन् ।
अभिनेत्री आलिया भट्ट यतिबेला उनको आगामी फिल्म ‘कलंक’ को प्रमोशनमा व्यस्त छिन् । यस फिल्मको टिजर रिलिज भइसकेको छ भने फिल्मको पहिलो गीत पनि हालै रिलिज भएको छ ।
करण जोहरको निर्माण रहेको फिल्म ‘कलंक’ मा अभिनेत्री आलिया भट्टका साथै वरुण धवन, माधुरी दिक्षित, सञ्जय दत्त, सोनाक्षी सिन्हा, आदित्य रोय कपूर मुख्य भूमिकामा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।