काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - आयरल्याण्डका क्रिकेटर केभिन ओ' ब्राइन यस वर्षको एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि काठमाडौं किंग्स इलेभेनको पहिलो अन्तरराष्ट्रिय खेलाडीका रुपमा अनुबन्धित भएका छन् ।
काठमाडौं किंग्स इलेभेनले मंगलबार जारी गरेको प्रेस विज्ञपप्तिमा जनाइएको छ । ओ ब्राइनले ३०८ पाउँदै आयरल्याण्डको सर्वकालीन सर्वाधिक क्याप पाउने खेलाडी हुन् ।
उनी सन् २००६ देखि आयरल्याण्डको क्रिकेट टिमका अभिन्न अंगका रुपमा रहँदै आएका छन् । उनले आयरल्याण्डले खेलेका ५ ओटा एक दिवसीय आईसीसी विश्वकप तथा ३ ओटा टिट्वेण्टी विश्वकपमा प्रतिनिधित्व गरिसकेका छन् ।
उनी आयरल्याण्डका मुख्य अलराउण्डर पनि हुन् ।
आयरल्याण्डका तर्फबाट टेष्ट क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी हुन् । उनले ५० बलमा बनाएको शतकले विश्वकप क्रिकेटको इतिहासकै सर्वाधिक छिटो बनाइएको शतकको रेकर्ड राखेको छ ।
‘केभिन ओे'ब्राइनले देश तथा क्लबबाट खेलेका सबै खेलहरुका आधारमा विश्वस्तरका अलराउण्डर हुन्, केभिन नेपाल आएर काठमाडौं किंग्स इलेभेनबाट खेल्न निकै उत्सुक छन्’, काठमाडौं किंग्स इलेभेनका चिफ अपरेशन अफिसर राजजंग थापाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।