निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
काभ्रेपलाञ्चोक – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौबाट खटिएको प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले शुक्रबार राति काभ्रेको खानीखोला गाउँपालिका–७ बाट उनीहरुलाई पक्राउ गरेको हो । वलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खडका पक्राउ परे पनि प्रहरीले भने घटनाबारे पूर्ण जानकारी दिएको छैन् । वली ललितपुरको नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका छन् ।
मध्यरातमा खानीखोलाबाट काठमाण्डौ आइरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय श्रोतले जानकारी दिएको छ ।
उनीहरु बा १७ च ४८९३ नम्बरको गाडीमा काठमाण्डौ आउँदै गर्दा पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई काठमाण्डौ लगिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।