विप्लव समूहका स्याङ्जा सेक्रेटरीसहित २ जना पक्राउ

 चैत १५, २०७५ शुक्रबार १६:२१:३२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा - जिल्ला प्रहरी कार्यालय स्याङजाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका स्याङ्जा सेक्रेटरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पुतलीबजार नगरपालिका-१३ छहरीखोलाबाट विप्लव समूहका स्याङ्जा जिल्ला सेक्रेटरी ३३ वर्षीय गोकुल परालुली र विप्लव समूहको मजदुर महासंघ स्याङजाका अध्यक्ष बताउने गोबिन्द ओली जीवनलाई पक्राउ गरेको हो ।

पराजुलीको स्थायी घर कास्की हो भने ओलीको घर रुकुम जिल्लामा पर्दछ ।

मोटरसाइकलमा लुकिछिपी भाग्दै गर्दा दुवैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविनकृष्ण  भण्डारीले जानकारी दिनुभयो । 

आवश्यक सोधपुछ अनुसन्धानपछि शुक्रबार नै स्याङ्जा जिल्ला अदालत स्याङजाबाट ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि राज्यविरूद्धको अपराध र विष्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोे प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
 
                     


 

अन्तिम अपडेट: चैत २५, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया