च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
काठमाडाैं - नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच इंल्याण्डको लर्ड्समा हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिएको छ । आउँदो जुलाई २९ गतेदेखि हुने खेललाई मान्यता दिइएको आईसीसीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नेपाल र नेदरल्याण्ड्सले एकदिवसीय मान्यता पाइसकेकाले पनि यो सिरिजलाई अन्तर्राष्ट्रिय ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजको मान्यता दिइएको आईसीसीले जनाएको छ । यो मान्यतापछि नेपालले सन् २०१५ पछि पहिलोपटक आईसीसीको मान्यताप्राप्त ट्वेन्टी ट्वेन्टी खेल खेल्न पाउने भएको हाे । सबैजसो क्रिकेटरले इंल्याण्डको लर्ड्समा खेल्न पाउनुमा आफूलाई भाग्यमानी ठान्छन ।
त्यसमाथि भर्खरै एकदिवसीय मान्यता पाएको नेपाली खेलाडी खुशी नहुने त कुरै भएन । नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच हुने ट्वेन्टी ट्वेन्टी खेललाई आईसीसीले मान्यता दिएकोबारे नेपाली टोलीका कप्तान पारस खड्कासँग उज्यालाेका लागि अर्जुन पोख्रेलले गरेको कुराकानी ।
हो, लर्ड्समा खेल्न पाउनु नै आफैँमा ठूलो अवसर हो हामी सबैका लागि । त्यसमाथि एमसीसी र नेदरल्याण्ड्सँग हुने खेललाई आईसीसीले मान्यता दिँदा झनै खुशी छौं । अस्ति भर्खर एमसीसीले जारी गरेको एउटा प्रेस रिलिजमा महेला जयबर्धने एमसीसीको क्याप्टेन हुँदैरहेछन्, अरु नाम चलेका खेलाडी पनि खेल्दै रहेछन् । स्थापित खेलाडीहरुसँग लर्ड्समा खेल्न पाउनु त निकै ठूलो कुरा हो । ३ वर्षको अन्तरालपछि हामीले टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पाएका छौं, राम्रो प्रदर्शन गर्न सक्छाैँ भन्ने आशा छ ।
पहलै नभएको त होइन, भएको छ । पहिले पटक सन् २०१४ मा म युके जाँदाखेरी युकै मै बस्ने प्रशान्त कुँवरसँग भेट भएको थियो । त्यहाँ हामी एउटा कार्यक्रममा गएको बेला इंग्याण्ड क्रिकेट बोर्डका केही अफिसियलसँग भेटघाट भएको थियो । चिनजान भएपछि बैठकहरु गरौं न त भन्ने कुरा भयो ।
हामीले एमसीसी क्लबमै गएर एउटा छलफल गर्याैँ । २०१४ को विश्वकपमा नेपालले राम्रो प्रदर्शन गरेकोमा उहाँहरुले प्रशंसा गर्नुभयो । राम्रो कुराकानी भयो । त्यसै समयमा नेपाल र बेलायतको औपचारिक सम्बन्धको २ सय वर्ष पुगेको अवसरमा हामीले लर्डसमा खेलौं न भन्ने प्रस्ताव राख्यौं । नेपाली क्रिकेटको अवस्था, हजारौं फ्यान देखेर प्रस्ताव पारित गर्नुभयो र खेल भयो ।
अहिले त नेपालले एकदिवसीय मान्यता पाएको छ, लर्ड्समा पछिल्लो समय हामीले खेल्दा ५/६ हजार नेपाली दर्शक पुगेका थिए । यस्ता कुराले एमसीसीलाई छुट्टै सकारात्मक सन्देश दिएको छ । एसोसिएट देशमा क्रिकेटको क्रेज देखेर एमसीसीले हामीलाई अवसर दिएको जस्तो लाग्छ, यसको ठूलो कारण हाम्रा हजारौं फ्यान नै हुन् । नेपालमा क्रिकेटलाई निकै माया गरिन्छ भन्ने छुट्टै छवि बनेको छ, त्यसले गर्दा थप सहज भएको छ ।
मलाई लाग्छ लर्ड्समा खेल्नु क्रिकेट खेल्ने हरेक खेलाडीको सपना नै हुन्छ होला । हामीले त्यो इच्छा पहिले नै पूरा गर्न पायौं, फेरि खेल्न पाउने भयौं, लर्ड्समा खेल्ने भन्दा वित्तिकै छुट्टै उत्साह आउँछ नी । विश्व क्रिकेटको इतिहास बोकेको लर्ड्समा कुनै पनि प्रतियोगिता हुँदा संसारभरको नजर परेको हुन्छ । यस्तो अवसरलाई हामी सदुपयोग गर्न चाहान्छौं, यदि सभ्य भएर राम्रो खेल्यौं भने फेरी पनि अवसर आउन सक्छ ।
एकदिवसीय मान्यता पाउनेवित्तिकै नेपालमा वर्षा लागेजस्तो भयो । वर्षाको मुखमै हामीले मान्यता पायौं । बीचमा एकदुईवटा घरेलु प्रतियोगिता त भए, तर अन्तर्राष्ट्रिय चाँहि हुन पाएन । अहिले अरु देश हेर्नुभयो भने पनि धेरै प्रतियोगिता भएका छैनन् । इंल्याण्ड, स्कटल्याण्ड, आयरल्याण्ड जस्ता देशमा त भैरहेका छन्, तर अरु देशमा पनि त्यस्तो व्यस्त त छैनन् ।
आउँदो अगष्टमा हामी नेदरल्याण्ड्सँग खेल्दैछौं । त्यसपछि चाँहि हामीले धेरैभन्दा धेरै एकदिवसीय खेलको लागि पहल गर्नुपर्छ । सीमित समयको लागि पाएका मान्यतालाई खेर फाल्नु हुन्न । युएई, आयरल्याण्ड, अफगानिस्तान लगायतका देशसँग हामीले प्रस्ताव गर्नुपर्छ । चाँडै नै हाम्रो क्रिकेट संघ निलम्बन फुकुवा भएर पूर्ण रुपमा काम गर्न सक्नुपर्छ । त्यसपछि सिरिज त खेल्न पाउँछौं हामीले ।
यसमा खासै त मलाई थाहा छैन । मैले थाहा पाएअनुसार एउटा मोनिटरिङ कमिटी बन्दैछ रे त्यसले चुनाव गराउने होला । आईसीसीका र नेपालका गरेर ५ जना जति बस्ने त्यो कमिटीले जिल्ला तहदेखि चुनाव गराउने भन्ने थियो, तर यो कुरा कहाँ पुगेको छ भन्ने चाँहि थाहा छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।