काठमाण्डौमा हावाहुरीको प्रभाव: ३ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट, आन्तरिक उडान भद्रगोल

 चैत १७, २०७५ आइतबार १९:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान तथा अवतरण प्रभावित भएका छन् । बेलुकी सवा ६ देखि ६ बजेर ४० मिनेटसम्म विमानस्थल बन्द हुँदा कैयौं आन्तरिक र बाह्य उडान बन्द भएका छन् । 

हावाहुरीका कारण काठमाण्डौमा अवतरण हुन नसक्दा ३ वटा जहाज डाइभर्ट भएका छन् । विमानस्थलका अनुसार चीनको ग्वानझाउबाट आएको चाइना साउदर्नकाे जहाज लखनउ डाइभर्ट भएको छ । यस्तै फ्लाइ दुबई पनि लखनउ डाइभर्ट भएको छ भने दोहाबाट काठमाण्डौ आइरहेको कतार एअरवेजको जहाज कोलकाता डाइभर्ट भएको छ । 

साँझको व्यस्त समयमा विमानस्थल बन्द हुँदा एक दर्जन आन्तरिक उडान तथा अवतरण प्रभावित भएका छन् । बुद्ध एअरका मात्रै चार वटा जहाज डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ । 

डाइभर्ट भएका जहाज मौसममा सुधार भएसँगै त्रिभुवन विमानस्थल आउने पनि कार्यालयले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया