तनहुँको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन क्षमताभन्दा आधा कम
चैत ३, २०८१ आइतबार
भक्तपुर – बसमा पाकेटरमारलाई समातेर लिएको पर्ससहितको रकम पत्रकार संजिव दाहालले फिर्ता गरेका छन् ।
दाहालले बुधबार थिमी शंखधर चोकमा पत्रकार सम्मेलन आयोजना गरी सिन्धुपाल्चोक -२, बाह्रबिसेका जितबहादुर बस्नेतकाे पाकेटमारले खाेसेकाे पैसा फिर्ता गर्नुभएकाे हाे ।
मंगलबार साँझ मध्य उपत्यका बस व्यावसायी संघद्वारा सञ्चालित बसमा मध्यपुर थिमिमा पाकेटमारले बस्नेतको पाइन्टबाट नगद २८ हजार १ सय ३० रुपैयाँ र विभिन्न दुईवटा बैंकका १२ लाख ८७ हजार बराबरको चेक, एटीएम तथा पर्स लुटेर लगेकाे थियाे ।
गाडीमा रहेका तीन जना पाकेटमारमध्ये अगाडि बस्नेले पर्स लुटेको र पछाडि बस्नेलाई पास गर्दै गर्दा पत्रकार दाहालले त्यो दृश्य देखेपछि लुटेराबाट पर्स थुत्न सफल भएको बताउनुभयो । पाकेट मारेको पर्स फ्ँयाकेर फरार भएका पाकेटमारले रातो टिर्सट लगाएको र उनीहरु राधेराधेबाट फरार भएको दाहालले जानकारी दिनुभयो ।
रकम बुझ्दै बस्नेतले पाकेट मारेपछि आफू तनावमा भएको बेलामा दाहालले फोन गरेर रकम फिर्ता गर्ने जानकारी गराएको बताउँदै इमान्दार मानिसको परिचय दिएको बताउनुभयो । बस्नेतले सार्वजनिक स्थलमै लुटेराबाट फिर्ता गरिएको नगद र पर्ससहित फिर्ता गरिएपछि दाहाललाई पाँच हजार पुरस्कार प्रदान गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।