‘सबैले डाक्टरलाई भगवान भन्छन्, हाम्रा लागि पाइलट भगवान बने’

 चैत १९, २०७५ मंगलबार २०:५८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - हावाहुरीका कारण गएकाे आइतबार त्रिभुवन विमानस्थल प्रभावित बन्याे । बेलुकी सवा ६ देखि ६ बजेर ४० मिनेटसम्म विमानस्थल बन्द हुँदा कैयौं आन्तरिक र बाह्य उडान बन्द भए भने कैयाै उडान डाइभर्ट हुन बाध्य भए । यात्रुहरु अत्तालिए।

त्यसैदिन दिल्लीबाट काठमाण्डौ आइरहेकाे नेपाल एअरलाइन्सले आकाशमा थुप्रै फन्का लगायाे । त्यसै जहाजमा यात्रा गरिरहेका नर्भिक अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञ डाक्टर राजेन्द्र प्रसाद बरालकाे भाेगाइ उहाँकै शब्दमा :

इष्ट अर वेष्ट, नेप्लिज पाइलट्स आर द बेष्ट

हिजो अपराह्न ३:५५ बजे म र मजस्ता धेरै यात्रुहरु नेपाल एअरलाइन्सको आरए २१८ नम्बरको उडानमार्फत दिल्लीबाट काठमाण्डौ आइरहेका थियौं । हामी बेलुकी ७:४५ मा आकस्मिक अवतरण गर्‍याैं। हामीलाई भयंकर आँधी हुरीले अत्याएको थियो ।  

हामी सबैले हाम्रो जिन्दगी लगभग हारिसकेका थियौं । ३० पल्टभन्दा बढी आँधीबेहरी, गड्याङगुडुङ र झट्का महसुस गर्यौं । जहाज धेरैपटक एक्कासी ३ सय ४ सय मिटर तल आउँथ्यो, २० भन्दा बढी यात्रु बेहोश भैसकेका थिए । त्यस्तै २० भन्दा बढी यात्रुले बान्ता गरिसकेका थिए र लकरबाट हाते लगेजहरु खस्न थालेका थिए ।

जहाजको करिडोरभरी बान्ता थियो, हिँड्ने बाटो समेत थिएन । म र अन्य डाक्टर र नर्सहरु मिलेर यात्रुहरुलाई सहयोग गर्यौं । केही यात्रुमा ‘भेजाे भेगल शक’  (अचानक बेहोस हुने लक्षण) काे शिकार भइसकेका थिय । हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गर्यौं ।

हामी यति डराएका भए पनि यात्रुहरुलाई सहयोग गर्न सक्दो प्रयास गर्यौं । बाँच्ने कुनै आशा, कुनै मौका थिएन । तर, जबर्जस्ती अवतरण गराएका कारण हामी बाँच्न सफल भयौं । पाइलटलाई धन्यवाद, सरी मलाई उहाँको नाम चाहिँ थाहा भएन । भगवानलाई धन्यवाद, सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद । सबैले डाक्टरलाई भगवान भन्छन्, हाम्रा लागि पाइलट भगवान भैदिए । पाइलटलाई धन्यवाद ।
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • saroj kumar thapa

    April 2, 2019, 9:37 p.m.

    yes i agree......i was in this flight Ra 218 del to ktm thank to captain Mr Rijal sir.he is hero👏👏👏

  •  0 Reply

तपाईको प्रतिक्रिया