नेपाली झण्डासहित ‘नानो स्याटेलाइट’ वैशाख ४ गते अन्तरिक्षमा प्रक्षेपण हुने

 चैत २०, २०७५ बुधबार २०:४२:१० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ –  नेपालको नानो स्याटेलाइट वैशाख ४ गते भू–उपग्रहमा प्रक्षेपण गरिने भएको छ । जापानमा पढ्दै गरेका नेपाली विद्यार्थी आभाष मास्के र हरिराम श्रेष्ठले नानो स्याटेलाइटलाई प्रक्षेपणका लागि अन्तिम रुप दिइएको नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट)ले जनाएको छ । 

उनीहरुले संयुक्त राष्ट्र संघको बर्ड्स कार्यक्रमअन्तर्गत जापानमा इन्जिनियरिङ पढिरहेका छन् । आभाष र हरिरामले जापानमा रहेको क्यूसु इन्स्ट्च्यिूट अफ् टेक्नोलोजी क्यूटेकसँगको सहकार्यमा नानो स्याटेलाइट बनाएको नास्टको प्रविधि विभागका प्रमुख डाक्टर रवीन्द्र ढकालले बताउनुभयो ।

स्याटेलाइट बनाउन सरकारले नास्टलाई एक करोड ८२ लाख रुपैयाँ दिएको छ ।

नेपाली युवा वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठ नानाे स्याटेलाइट निर्माण गर्दै

अप्रिल १७ तारिखमा अमेरिकाबाट नेपाली युवाले ‘नेपाली स्याट’ नाम दिइएको नानो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिनेछ । स्याटेलाइटमा नेपालको झण्डा भएको स्टिकर टाँसिएको छ । 

नेपालले पूर्ण क्षमताको स्याटेलाइट ३५ महिनाभित्र अन्तरिक्षमा पठाउने तयारी गरिरहेका बेला नानो स्याटेलाइटलाई अन्तरिक्षमा पठाउने तयारीलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । 

प्रविधि पत्रकार मञ्च (टीजेएफ) र नेपाल दूरसञ्चार प्राधिकरणले काठमाण्डौमा गरेको अन्तरक्रियामा नास्टको प्रविधि विभागका प्रमुख डाक्टर रवीन्द्र ढकालले नेपालले व्यावसायिक प्रयोजनको लागि अन्तरिक्षमा पूर्ण क्षमताको अन्तरिक्ष पठाउने तयारी गरेको बेला नानो स्याटेलाइट प्रक्षेपणले ठूलो महत्व राख्ने बताउनुभयो । 

‘भू–उपग्रहमा नेपालको स्थान छ तर स्याटेलाइट छैन, नानो स्याटेलाइट प्रक्षेपणले हाम्रो स्थान रहेको र भविष्यमा पूर्ण क्षमताको स्याटेलाइट प्रक्षेपण गर्ने कुरालाई बल पुर्‍याउनेछ’, उहाँले भन्नुभयो । 

कस्तो छ नानो स्याटेलाइट र के काम गर्छ ?

अन्तरिक्ष यात्रामा पहिलो कदमस्वरुप नेपालको झण्डासहित वैशाख ४ गते नानो स्याटेलाइट प्रक्षेपण गरिनेछ । यो अन्तरिक्षमा पुगेर स्थान लिन जेठ पहिलो हप्तासम्म लाग्नेछ ।  यसको तौल १३ सय ग्राम छ । र यसको साइज क्यूब आकारमा जम्मा १० सेन्टिमिटर मात्रै हुनेछ । 

यो सानो भएको र परिक्षणका लागि धेरै ध्यान दिइएकोले नेपालले अन्तरिक्षमा जुन स्थान पाएको छ, त्यो स्थानसम्म पुग्नेछैन । पृथ्वीबाट ४ सय किलोमिटरको दूरीमा नै नेपाली स्याटेलाइट रहनेछ । यसको आयु ३ वर्ष हुनेछ । ३ वर्षपछि यसका उपकरण आफै जलेर नष्ट हुनेछन् । नानो स्याटेलाइटमार्फत नेपालले नेपालको भौगोलिक अवस्था र  अरु केही नेटवर्किङका बारेमा जानकारी लिन सकिनेछ । 

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • sunil kuinkel

    April 6, 2019, 7:11 p.m.

    जे भैरहेको छ , अत्यन्त राम्रो हो , प्रयास गर्नु नै ठूलो कुरा हो / भविष्यमा नेपालको आफ्नै स्याटेलाइट हुनेमा हामी सबै आशावादी छौं / जय नेपाल ..मा दुबईवाट /

  •  0 Reply

तपाईको प्रतिक्रिया