वाइडबडी विमानको पहिलो उडान दोहामा हुने

 असार १४, २०७५ बिहीबार १२:२३:२६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडाैं –  नेपाल वायुसेवा निगमले बिहीबार नेपाल ल्याएको नयाँ वाइडबडी विमानले पहिलो उडान कतारको दोहामा गर्ने भएको छ । आउँदो अगष्टको १ तारिखमा निगमले काठमाडौंबाट दोहाको उडान गरेर व्यावसायिक उडान सुरु गर्ने निगमले जनाएको छ । यसअघि दुवईबाट उडान सुरु गर्ने भनिए पनि प्राविधिक समस्याका कारण पहिलो उडान कतारको दोहाको लागि तय भएको निगमले जनाएको छ । उडान सञ्चालन अनुमति एओसी लगायत अन्य कागजी र प्राविधिक विषय मिलाउन १ महिना लाग्ने निगमको दावी छ ।

‘एक महिना त हामीलाई कागजी प्रक्रिया पुर्‍याउनै लाग्छ, त्यसपछि हाम्रो विमानले व्यवसायिक उडान दोहाबाट सुरु गर्नेछ’ निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘दोहामा उडानको लागि हामीले लगभग सबै प्रक्रिया पूरा गरिसकेका छौं, यताको प्रक्रिया पूरा हुँदावित्तिकै हामी दोहा आउजाउ गरिहाल्नेछौं ।’

बिहीबार नेपाल ल्याइएको जहाजमा २ सय ७४ सिट रहेका छन् । दोहापछि दुबईमा उडान गरिने र दोस्रो चरणमा जापान, दक्षिण कोरिया साउदी अरेवियालगायतका देशमा विमान लगिने निगमले जनाएको छ ।

निगमले आज ल्याएको जस्तै एअरबस ए ३३०–२०० सिरिजको अर्को जहाज डेढ महिनाभित्र आइपुग्ने दावी गरेको छ । पहिलोपटक वाइडबडी जहाज किन्न निगमले नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको थियो । 


 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया