काेलम्बियालार्इ हराएर इतिहास रचेकाे जापान दाेस्राे चरण पुग्ला ?

 असार १४, २०७५ बिहिबार १६:५३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

एशियाली पावर हाउस जापान रुस विश्वकपको समूह एचमा शीर्ष स्थानमा छ । 

यसअघिका दुई खेलमा एक जित र एक बराबरीसहित ४ अंक जोडेको जापान नकआउट चरण यात्रा पक्का बनाउन आज भोल्गोग्राड रंगशालामा पोल्याण्डसँग खेल्दैछ ।
 
समूहका यसअघिका ३ खेलमा पराजित हुँदै विश्वकपबाट बाहिरिएको लेवाण्डोस्कीको टोली पोल्याण्डका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हो ।

यस समूहबाट जापानकाे ४ अंक, सेनेगल ४ अंक र कोलम्बिया काे ३ अंक छ । यी मध्ये दुई टोली नकआउट चरणमा पुग्नेछन् ।

जापानले पाेल्याण्डसँग खेल्दैछ भने काेलम्बियाले इंग्ल्याण्डकाे सामना गर्दैछ । जापानले पाेल्याण्डसँग बराबरी खेले पनि अघिल‍्लाे चरणमा जाने पक्का छ । 
 
कोलम्बियाविरुद्ध २–१ को जित र सेनेगलसँग २–२ को बराबरीले जापान सन्तुलित समूह एचमा केही हदसम्म आश्चर्यजनक रुपमा शीर्ष स्थानमा देखिन्छ ।

पोल्याण्डविरुद्ध कम्तिमा १ अंकले पनि जापानले आफ्नो विश्वकप इतिहासमा तेस्रो पटक नकआउट चरणमा पुग्नेछ, जहाँ उसले इंग्ल्याण्ड वा बेल्जियममध्ये एकको सामना गर्नेछ ।
 
यद्यपि, जापानका कप्तान माकोतो हासिबीले एडम नावाल्काको टोली विश्वकपको सुखद अन्त्य गर्न चाहने भएकाले उनीहरुविरुद्ध खेल्न अाफूहरुलाई सजिलो नहुने बताएका छन् ।
 
‘मलाई लाग्दैन हामी बराबरीका लागि जापानविरुद्ध उत्रँदैछौं । हामीलाई के गुमाउनु छ र, हामी जित्नका लागि खेल्छौं ।’ उनले भने ।
 
‘भलै हामीले दुई खेलमा चार अंक हासिल गरेका छौं, तर, हामीले अहिलेसम्म केहि पनि हासिल गरेका छैनौं । यो म्याच हाम्रा लागि निर्णायक हुन्छ । हामी तीन अंक हासिल गर्दै नकआउट चरणमा पुग्न चाहन्छौं ।’


 
जापानको रुस यात्रा निःसन्देह सफल रहेको छ । पोल्याण्डको भने उसको घरेलु समर्थक र मिडियाबाट निक्कै आलोचना खेप्नुपरेको छ । 

सेनेगल र कोलम्बियासँग पराजित हुँदा पोल्याण्डको प्रदर्शन निक्कै कमजोर देखिएको थियो । विहीबार भोल्गोग्राडमा जापानविरुद्ध उत्रँदा उसको शून्य अंक र माइनस चार गोलअन्तर हुनेछ ।
 
पोल्याण्डका स्ट्राइकर कामिल ग्रोसिकिको विचारमा टिमका लागि यो विश्वकप भयानक रह्यो । 

 ‘हामीले आफैंलाई निराश बनाएका छौं । हामी यहाँ धेरे अपेक्षा र ठूलो सपनाका साथ आएका थियौं।  अब हामी प्रतिष्ठनका लागि मात्रै अन्तिम म्याच खेलिरहेका छौं’ ग्रोसिकिले भने ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया