बैंकमा नयाँ खाता खोल्नेलाई एकसय रुपैयाँ

 चैत २९, २०७५ शुक्रबार ७:५७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सबैको पहुँचमा बैंकिङ सेवा पुर्याउने उदेश्यले नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । बैंक खाता नभएकाहरुलाई लक्षित गर्दै राष्ट्र बैंकले सरलीकृत रुपमा बैंक खाता खोल्ने व्यवस्था गरेको हो । 

यो व्यवस्थाअनुसार बैंकहरुले सहज रुपमा बैंक खाता खोली खाता नभएकाहरुलाई बैंकिङ्ग सेवाको पहुँचमा पुर्याउनुपर्ने हुन्छ। खाता खोल्न आउनेहरुको बैंक खातामा बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगतको खर्चबाट प्रति बैंक खाता एक सय रुपैंया रकम समेत उपलब्ध गराउने छन् । यो अभियान वैशाखदेखि सुरु हुनेछ ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७५ मा नयाँ व्यवस्था थप गरी राष्ट्र बैंकले बैंक खाता खोलौं अभियान सुरु गरेको हो । यसअघि कुनै पनि बैंकमा खाता नखोल्नेलाई मात्र यस्तो व्यवस्था हुने राष्ट्र बैंकले जनाएको छ । 

अहिले बैंक खाता खोल्दा ग्राहक पहिचान अन्तर्गत अपनाउनुपर्ने प्रकृयालाई सरलीकृत गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन पनि दिएको छ। जस अनुसार सरकारी निकायबाट जारी भएको कुनै पनि किसिमको परिचयपत्रका आधारमा बैंक खाता खोल्न सकिन्छ।

अर्थात् बैंक खाता खोल्नेले नागरिकता वा राहदानी वा मतदाता परिचय पत्र वा सवारी चालक अनुमतिपत्र वा सम्बन्धित स्थानीय निकायले उपलब्ध गराएको फोटो सहितको सिफारिस लिएर बैंक जाँदा हुन्छ।

यसरी बैंक खाता खोल्दा अरु कुनै बैंकमा खाता नरहेको स्वघोषणा भने बुझाउनुपर्ने हुन्छ ।
 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया