च्याम्पियन्स ट्रफी : भारतसँगको सेमिफाइनलमा अस्ट्रेलिया पहिला ब्याटिङ गर्दै

 फागुन २०, २०८१ मंगलबार १४:२९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतसँगको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियाले टस जितेको छ । दुबईमा टस जितेर अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ब्याटिङ रोजेका छन् । याेसँगै भारतका कप्तान राेहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा लगातार ११ पटक टस हारेका छन् । यस्तै भारतले ओडीआईमा लगातार १४ पटक टस हारेकाे हाे ।

आजकाे खेलमा अस्ट्रेलियाकाे टाेलीमा कप्तान स्मिथसँगै कूपर काेनाेली, ट्राभिस हेड, मार्नस लाबुशेन, जाेश इङ्ग्लिस, एलेक्स केरी, ग्लेन म्याक्सवेल, बेन ड्वारशुइस, नाथन एलिस, एडम जम्पा र तानभीर शाङ्घा ।

यस्तै भारतकाे खेलमा कप्तान राेहितसँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, अक्षर पटेल, केएल राहुल, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, मोहम्मद शमी, कुलदीप यादव र वरुण चक्रवर्ती छन् ।

च्याम्पियन्स ट्रफीमा भारत र अस्ट्रेलियाबीच अहिलेसम्म चार पटक भेट भएकोमा भारत दुई खेलमा र अस्ट्रेलिया एक खेलमा विजयी भएको छ । एक खेल नतिजाविहीन भएको छ । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र अस्ट्रेलियाबीच एक सय ५१ पटक भेट भएकोमा अस्ट्रेलिया ८४ खेल र भारत ५७ खेलमा विजयी भएको छ । १० वटा खेल नजिताविहीन भएको छ ।

च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइलनमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल पाकिस्तानको लाहोरमा हुनेछ । भारत समूह ‘ए’ बाट विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । यस्तै दक्षिण अफ्रिका समूह ‘बी’ बाट विजेता र अस्ट्रेलिया उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् ।

आठ टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र आयोजक पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्गल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए ।

प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २५ गते हुनेछ । आज भारतले अस्ट्रेलियालाई हराएमा फाइनल खेल दुबईमा र अस्ट्रेलियाले भारतलाई हराएमा फाइनल खेल पाकिस्तानमा हुनेछ ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया