च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
सर्लाही - सर्लाहीको वागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा वीरगञ्जलाई ३–१ गोल अन्तरले हराउँदै फ्रेण्डस क्लब काठमाण्डौ विजयी भएको छ ।
वागमतीको कर्मैयामा रहेकाे खेलमैदानमा जारी खेलमा दुवै टिमले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि खेललाई टाइब्रेकरबाट टुङगो लगाइएको थियो । खेलको सुरुवातबाटै प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रेण्ड्स क्लब काठमाण्डौका इब्राहिम फुफानाले २३ औ मिनेटमा पहिलो गोल गरेका थिए।
निकै संर्घष गरिरहेको वीरगञ्जलाई खेलमा फर्किन ६३ मिनेट लागेको थियो । वीरगञ्जका लागि सविर चौधरीले ६३ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेललाई टाइब्रेकरबाट टुङगो लगाईएको हो । वैशाख १ गते आइतबार आयोजक वागमती युवा क्लब सर्लाही रातो र फ्रेण्डस क्लब काठमाण्डौबीच खेल हुने छ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।