नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो
फागुन २०, २०८१ मंगलबार
भक्तपुर - भक्तपुरको प्रसिद्ध बिस्केट अर्थात बिस्का जात्रामा साेमबार सिन्दुर खेल्ने र जिब्रो छेड्ने काम हुँदैछ ।
सिन्दुर खेल्दै ३२ जात्रा मनाएपछि साेमबार दिउँसो १ बजे बुद्धकृष्ण बाग श्रेष्ठको जिब्रो छेड्ने तयारी छ । उहाँले सातौँ पटक जिब्रो छेड्न लाग्नुभएको हो ।
भक्तपुरको बोडेमा विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आइतबार बेलूकी ढालेपछि साेमबार जिब्रो छेड्ने चलन छ ।
गएको शुक्रबारदेखि भक्तपुर नगरपालिका भेलुखेलमा रहेको ल्यासिखेलमा तान्त्रिक विधीअनुसार उठाइएको लिङ्गो आइतबार पूजाअर्चना र दश कर्म विधान गरी ढालिएको थियो ।
लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको थियो ।
यस्तै काठमाडौको टोखामा बिस्काः जात्रा अन्तर्गत अहिले स्थानीय पिगंद्यःलाई ताय्माः खलःले लावाको माला चढाएर मूल जात्राको तयारी हुँदैछ ।
मूल जात्रा अन्तर्गत साेमबार दिनभरी टोखा सम्पदा क्षेत्रभित्र आठ वटा देवी–देवताका खट्हरुको परिक्रमा गर्ने कार्यक्रम रहेको छ । साेमबार नै स्थानीय सात जना बालबालिकालाई मरःजा प्रसाद पनि खान दिइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।