नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो
फागुन २०, २०८१ मंगलबार
लमजुङ – लमजुङको दूधपोखरी गाउँपालिका–३, फुलिङगिरीमा जीप दुर्घटना भएको छ ।
दूधपोखरी गाउँपालिका–१, कल्लाबारीबाट बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६८९० नम्बरको जीप आइतबार मध्यान्ह १२ बजे लाङ्दीखोलामा दुर्घटना भएको थियो ।
२१ जना सवार रहेको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । घाइते भएकी दूधपोखरी गाउँपालिका–१, कल्लाबारीकी २६ वर्षीया गोमाया गुरुङको स्थानीय गौँडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जीप दुर्घटनामा परि घाइते भएका १६ जनाको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार गराएका ४ जना घाइते भने घर फर्किएका छन् । कच्ची बाटो, क्षमताभन्दा बढी यात्रु रहेका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।