नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो
फागुन २०, २०८१ मंगलबार
भक्तपुर – दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केको पार्टी–नगरकोट सडक ७ वर्षमा पनि नबनेपछि स्थानीयले २५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
एक्जिम बैंक भारतको सहयोगमा भत्केको पाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ्ग कन्स्ट्रक्सनले ७ वर्षमा पनि निर्माण सम्पन्न नगरी सडकलाई अलपत्र बनाएपछि स्थानीय आन्दोलित बनेका हुन् ।
यहाँका नगरकोट, मण्डनदेउपुर, छालिङ्ग, बागेश्वरी, सुडालका स्थानीयहरुको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा सविता खत्री सहसंयोजक र रमेश अधिकारी सचिव रहेको २५१ सदस्यिय संघर्ष समिति गठन गरि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
समितिले आउँदो पाँच महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने, सडकका बीचमा छोडिएका बिजुलीका पोलहरु हटाउनुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नाली तथा जोखिमयुक्त स्थानका सडक आसपासमा रिर्टेनिङ्ग वाल लगाउनुपर्ने, निर्माण कार्य गुणस्तरीय हुनुपर्नेलगायतका माग राखी समितिले आन्दोलनको घोषणा गरेको हो ।
नगरकोट सडकका पीडितहरुले निर्माण व्यवसायीको लापरवाहीका कारण धुलो, धुँवा, हिलो र खाल्डाखुल्डाीका कारण जनजिवत प्रभावित बनेको भन्दै आन्दोलनको विकल्प नभएको बताएका छन् ।
भेलामा सहभागी निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाई, गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं), स्थानीय मधुराम लामिछाने, पुष्पराज बास्तोला, हरिहर गिरी, पद्म लामा, इन्द्रप्रसाद कायस्थ, जीवन खत्री, चाँगुनारायण नगरपालिका ६ नं. वडाका अध्यक्ष सन्त बहादुर वाइवा, रामप्रसाद लामिछाने ‘पीडित’लगायतले निर्माण सम्झौता भएको अवधिभन्दा बढी समयदेखि अटेर गरि निर्माण कार्य अबरुद्ध गर्ने व्यवसायीलाई कारबाही गर्न माग गर्नुभयो ।
संघर्ष समितिले आफ्नो संघर्षको कार्यक्रमअन्तर्गत नगरपालिका, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार, संघ तथा प्रदेश सांसद, शैलुङ्ग कन्स्ट्रक्सनको प्रोपाइटर शारदा अधिकारी, आयोजना कार्यालय, भौतिक योजना तथा निर्माण मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
व्यवसायीले तत्काल निर्माण कार्य अगाडि नबढाए धर्ना, जुलुस र सडक नाकाबन्दी गर्नेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको संघर्ष समितिका संयोजक राजकुमार लामिछानेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।