यसरी धनी बने किरण केसी

 असार १५, २०७५ शुक्रबार १४:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – हाँस्यकलाकार किरण केसी आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन् । असार १५ धान दिवसको दिनमा ललितपुरमा जन्मेका किरण केसी अरुले धान दिवस मनाइरहँदा आफूले भने भव्यताका साथ जन्म दिन मनाउने गर्छन् ।

आज पनि उनले इमाडोलमा जन्मदिन विशेष कार्यक्रमको आयोजना गरेका छन् । किरण केसी परिवारको १३ औँ सन्तान हुन् ।

बाल्यकालमा किरण

किरण केसी बाल्यकालमा निकै नै चन्चले र छुकछुके स्वभावका थिए । उनको बाल्यकालको चकचके स्वभावका कारण उनका दाइले किरण कुमार चन्चले भनेर पनि नामाकरण गरिदिएका थिए  । उनलाई बाल्यकालदेखि नै हरेक चाडपर्वहरुमा नाचगान गर्न मन पर्थ्यो । उनी भजनकिर्तन अनि देउसी भैलोमा नाच्न साह्रै नै रुचाउँथे । उनी विभिन्न कार्यक्रम अनि देउसीभैलोमा मारुनी बनेर नाच्ने गर्थे । उनलाई अहिलेका केही समकालीन कलाकारहरुले नै मारुनी बनाएर नचाउँथे । 

स्कुलमा हुँदा सांस्कृतिक कार्यक्रमहरुमा बढी सहभागी हुन्थे । उनलाई पहिलेदेखि नै पढाइमा भन्दा पनि नाचगानमा बढी रुची थियो । सायद यही कारण पनि हुन सक्छ उनले एसएलसीमा तीन पटक असफलता बेहोरे । चौथो पटक उनले कोशिष पनि गरेनन् ।

कलाकारितामा चार दशक पूरा

किरण केसीले कलाकारितामा चार दशक पूरा गरिसकेका छन् । चार दशक लामो यस कलाकारिता यात्रामा उनले सय भन्दा बढी सिनेमामा अभिनय गरेका छन् । जसमा उनका आधा सिनेमाले ५१ दिन मनाएका छन् । धेरै जसो सफल सिनेमामा काम गर्ने भाग्यमानी कलाकारमा पर्छन् किरण । यसका अलावा उनले  ६ सय भाग जति टेलिसिरियलमा काम गरेका छन् । सिनेमाभन्दा पनि उनलाई टेलिसिरियल ‘जिरे खुर्सानी’ले ‘राता मकै’को रुपमा बढी चर्चित गरायो ।

राता मकैका नामले परिचित भएका किरण केसीलाई त्यो भन्दा अगाडि मह जोडीको हाँस्यव्यङग्य सिरियल ‘१५ गते’बाट पनि राम्रो सफलता मिलेको थियो । यो सिरियलपछि दर्शकले उनलाई कल्लुको नामले चिन्ने गर्थे । कल्लुपछि उनको अर्को परिचय पनि बन्यो । सिरियल ‘लालपूर्जा’मा उनलाई दर्शकले ढिँडोबाट चल्ने ट्याक्सीका रुपमा पनि चिनेका थिए । तर यी दुई परिचयपछि बनेको राता मकैको परिचय यी परिचयका अगाडि हाबी बन्यो ।

उनलाई राता मकैको रुपमा दर्शकले यति रुचाएकि सार्वजनिक यातायातका चालक र सहचालकले इमाडोलमा उनको घर भएको चोकलाई राता मकै चोकको रुपमा नामाकरण गरिदिए । दर्शकको यही मायाका कारण पनि किरण हरेक जुनीमा कलाकार बन्न चाहने बताउँछन् । स्टेजमा गएर दर्शक हँसाउन पाउँदा र एउटा कलाकार भएर काम गर्दा हरेक किसिमका दुःखहरु बिर्सने उनको बानी छ । 

धनी कलाकार

किरण केसीलाई धनी कलाकारको रुपमा पनि हेरिन्छ । केही समय अघि त उनलाई नेपालका बिल गेट्स भनेर समाचारहरु पनिप्रकाशितभएकाथिए । हुनपनिउनीसँगप्रशस्तधन सम्पत्ति छ । उनीकहिल्यै पनिलुकाउने गर्दैनन् । आफूसँग जे छ त्यसको बारेमा फ्याङफुङ बोल्दै हिड्छन् । यही कारण पनिउनको भौतिक सम्पत्तिको चर्चा धेरै हुने गर्छ । किरणले सम्पत्तित्यति सजिलै कमाएकाभने हैनन् । तर काठमाण्डौका स्थानीयभएकाकारण उनलाई सम्पत्तिजोड्न केही सहजभने भयो । उनीसँगकेही पर्ख्यौली सम्पत्तिपनिथियो । पछि  त्यहि पर्ख्यौली सम्पक्तिमाउनले थपथापगर्दै लए र अहिले धनिकलाकारको सूचिमा परेका छन्  ।  

यसरी कमाए पैसा

बाल्यकालदेखि नै कलाकारितामा रुचि भएको भए पनि उनले व्यावसायिक रुपमा कलाकारिता अंगाल्न भने धेरै समय लाग्यो ।  ३०३२ सालमा नियुक्त भएर राष्ट्रिय नाचघरमा चार वर्ष काम गरिसकेपछि उनले कलाकारिताबाट केही उपलब्धि हासिल नहुने सोचेर बीचमा पेशा नै परिवर्तन गरे । 

अहिलेको जस्तो पहिले–पहिले कलाकारिताबाट पैसा कमाउन सहज थिएन । त्यसमाथि पनि काम पाउनको लागि निर्देशक तथा निर्माताहरुको बढी सेवा गर्नुपर्थ्यो । यस्तो देखेर आजित भएका उनले बीचमा पेशा परिवर्तन गरेर व्यापार सुरु गरे । 

नाचघरको काम छोडेर उनले झिटीगुण्टाको काम गर्न थाले । यो बैंककबाट सामानहरु नेपालमा ल्याएर बेच्ने काम थियो । यो काम उनले केही समय गरे । पछि उनले आफ्नो दाइसँग मिलेर इँटा भट्टाको व्यवसाय सुरु गरे । 

उनले दाइसँगको इँटा भट्टाको काम २२ वर्षसम्म गरे जसबाट केही आर्थिक आम्दानी भयो । तर जतिसुकै पैसा कमाए पनि उनी कलाकारितालाई भने छोड्न नसक्ने नै थिए । यही कारण उनले आफ्नो व्यवसायहरुसँगै कलाकारितालाई पनि अगाडि बढाउँदै गए । उनले सिनेमा निर्माण गरे । यो पनि उनको आम्दानीको राम्रो स्रोत बन्यो । १६ वर्षअघि उनले निर्माण गरेको सिनेमा ‘तँ त साह्रै नै बिग्रिस नि बद्री’ सर्वाधिक सफलता पाउने सिनेमा बन्यो ।

उनले यसका अलावा जग्गा प्लटिङको काम पनि गरे यो पनि उनको एउटा व्यवसाय नै थियो । अहिलेको व्यवसायको कुरा गर्ने हो भने विभिन्न ठाउँमा उनका पार्टी प्यालेसहरु सञ्चालनमा छन् । गएको वर्ष उनले निर्माण गरेको सिनेमा ‘शत्रुगते’ पनि व्यावसायिक रुपमा सफल बन्यो । यस अर्थमा हेर्ने हो भने किरण कलाकारिता मात्रै नभएर व्यवसायमा पनि सफलता पाउने व्यक्तिमा पर्छन् ।

धनसँगै मन भएका कलाकार

किरण केसीसँग जति धन छ उति मन पनि छ । उनले सामाजिक काममा आफुूलाई अग्रसर गराउँदै आएका छन् । उनले गरेको सामाजिक काम कुनै सरकारी निकायले गर्नु पर्ने काम भन्दा कम छैन । उनले नेपालका सरकारी निकायलाई नै फ्लप खुवाएर भवन निर्माण र बाटोघाटो निर्माणमा ठूलो योगदान पुर्याएका छन् । उनले आफ्नै गाउँ इमाडोलमा चन्दा उठाएर झण्डै २६ लाखको हाराहारीमा रकम खर्चेर ‘इमाडोल प्रहरी चौकी’बनाए । 

त्यस्तै ‘सात दोबाटो प्रहरी चौकी’ पनि अाफ्नै अध्यक्षतामा २८ करोड बराबर रकमको भवन बनाए जुन भवनले तीन रोपनी जग्गा ओगटेको छ । किरणले  आमाबुवाको नाममा इमाडोलमै दुई कोठे विद्यालय भवन पनि निर्माण गरेका छन् । 

उनले आमाबुवाकै नाममा इमाडोलमा एक पार्टी, इनार र ८ वटा स–साना मन्दिर पनि बनाएका छन् जसले त्यहाँका बासिन्दालाई ठूलो टेवा पुगेको छ । भवनसँगै पक्की बाटो निर्माणमा पनि किरणले ठूलो भूमिका खेलेका छन् । उनले गरेको सामाजिक कामकै कारण उनको नाममा नेपाल सरकाले इमाडोलमा ‘राता मकै मार्ग’ नामाकरण गरेको छ । अब उनी ग्वार्को चोकमा ‘वेल कम टु महालक्ष्मी नगरपालिका’ भनेर ठूलो गेट बनाउने सोचमा छन् । उनको यो सोच पूरा होस् जन्मदिनको दिनमा हाम्रो शुभकामना छ ।

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा

 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया