नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ - ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्याउने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका तीन जना महिलालाई सोमबार बिदाइ गरिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा 'नेपाल भ्रमण वर्ष २०२०' को लोगो फहराउने उद्देश्यका साथ नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार काठमाण्डौमा एक कार्यक्रम गर्दै बिदाइ गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्तालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो दिएर तीनै जना आरोहीहरुलाई सगरमाथा आरोहणका लागि बिदाइ गर्नुभएको हो ।
उहाँले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारले त्यस आरोहणको कार्यक्रमलाई अघि बढाएको पनि स्पष्ट पार्नुभयो । सचिव सापकोटाले तीनवटै देशका नारीहरुको सफल आरोहणको नेपाल भ्रमण वर्ष सफल बनाउन सघाउ पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।
नेपालकी तामाङ यसअघि नै सगरमाथाको सफल आरोहण गरी तामाङ समुदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान कायम गरिसक्नु भएको छ भने भारतकी दासले ६ हजार मिटर उचाइका विभिन्न हिमालहरुको सफल आरोहण गरिसक्नु भएको छ । चीनकी माले सगरमाथाको सफल आरोहण गरिसक्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै सगरमाथा आरोहणका लागि जान लागेका तीनै जना महिलाहरुलाई राष्ट्रिय झण्डा दिएर बिदाइगरिसक्नु भएको थियो ।
आरोहण दलको गाइडको नेतृत्व १८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल पेम्बादोर्जे शेर्पाले गर्नु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।