८ औं राष्ट्रिय खेलकुद: जुडाेकाे उपाधि पुलिस क्लबलाई

 बैशाख ३, २०७६ मंगलबार १८:५६:४८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

नेपालगञ्जमा मंगलबार सम्पन्न प्रतियोगितामा पुलिसले ७ स्वर्ण, ५ रजत र  ३ काश्यपदक प्राप्त गरी उपाधि जित्न सफल भएको हो । यसैगरी नेपाली सेनाको भित्रुवन आर्मी क्लबले ६ स्वर्ण ४ रजत र ४ काश्यपदक प्राप्त गरेको  छ ।

तेश्रो भएको प्रदेश ५ ले एक स्वर्ण ३ रजत र ४ काश्य पदक प्राप्त गरेको छ । यसैगरी सशस्त्र प्रहरीको एपीएफले एक स्वर्ण १ रजत र २ काश्य पदक प्राप्त गरेको छ ।

प्रदेश ३ ले २ रजत र ७ काश्य, गण्डकीले २ काश्य, प्रदेश १, २,सुदुरपश्चिम, एनआरएनले १ काश्यपदक जितेका छन् ।  मंगलबार सम्पन्न समूह खेलमा आर्मीले स्वर्ण, प्रहरीले रजत र प्रदेश ५ ले काश्य पदक प्राप्त गरेको हाे । 

अन्तिम अपडेट: चैत २१, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया