बल टेम्परिङ प्रकरणमा प्रतिबन्धमा परेका स्टिभ स्मिथले हाने ४१ बलमा ६१ रन

 असार १५, २०७५ शुक्रबार १५:३५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

बल टेम्परिङ प्रकरणमा प्रतिबन्धमा परेका अष्ट्रेलियाली क्रिकेट टिमका पूर्व कप्तान स्टिभ स्मिथ प्रतिबन्धपछि खेलेको पहिलो खेलमा ४१ बलमा ६१ रन हानेका छन् । 

दक्षिण अफ्रिकासँगको खेलमा गलत नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण राष्ट्रिय टिममा प्रतिबन्धमा परेका स्मिथ पहिलो पल्ट क्रिकेट मैदानमा उत्रिएका हुन् । क्यानडाको ग्लोबल टी–२० लिगमा उनी टोरन्टो नेसनलका लागि खेलिरहेका छन् । ‘म त्यस्तो खुसी नभए पनि दुःखको क्षणमा रन बनाउँदा राम्रै लाग्दो रहेछ’ उनले भने । स्मिथको टिम टोरन्टोले भ्यानकुभर नाइट्सलाई ६ विकेटले हराएको छ । 

२९ वर्षीय क्रिकेटर स्मिथ अझै पनि आईसीसीको टेष्ट प्रतियोगितामा ब्याटिङतर्फको वरीयतामा पहिलो नम्बरमै रहेका छन् । उनलाई १२ महिनाको प्रतिबन्ध लागेको भए पनि अष्ट्रेलियाबाहिर हुने लिगहरुमा भने कुनै प्रतिबन्ध लागेको छैन ।

ग्लोबल टी–२० लिगमा    नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने श्रीलंकाली खेलाडी लासिथ मालिङ्गा  मोन्ट्रियल टाइगर्समा अनुबन्धित भएका छन् । सन्दीपको टोलीको खेल आज राति रहेको छ ।

यो लिगमा सुनिल नराइन, थिसारा परेरा, केभोन कुपर, मोइजेज हेन्रीक्स, ड्वेन स्मथ, देनेश राम्दिन, मोहम्मद हफिज, सिकन्दर राजा, नजिबुल्लाह जदरान, सेसिल परभेज, पिटर सिडलजस्ता विश्व स्तरीय खेलाडी छन् ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया