दाङमा ट्याक्टर घरभित्र पसेर ठक्कर दिंदा पाँच जना घाइते
चैत ३, २०८१ आइतबार
पर्सा – वीरगंजको शंकराचार्य गेट नजिकैबाट एक किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
वीरगंजबाट सुन बोकेर भारतीय सीमावर्ती शहर रक्सौलतर्फ लग्दै गरेको अवस्थामा इनर्वास्थित प्रहरी चौकीले सर्लाही हरिपुर –९, का सन्तोषकुमार साहलाई पक्राउ गरेको हो ।
प्रहरीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ . विशेष सुराकीको आधारमा प्रहरी चौकी इनर्वाबाट प्रहरी नायव निरीक्षक त्रिभूवन साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगन्जबाट रक्सौल जाँदै गरेका साहलाई पक्राउ गरेको हो । उनी चढेको ना ४८ प ३७७४ नम्बरको मोटरसाइल शंकराचार्य गेटमा रोकर चेक गर्दा मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको ६ वटा टुक्रामा रहेको अन्दाजी एक केजी सुन बरामद भएको हो ।
सुनसहित पक्राउ परेका साहलाइ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी नायव निरीक्षक साहले जानकारी दिनुभयाे ।
सुन वीरगन्जका एक सुनचाँदी व्यापारीको रहेको प्रहरीले दावी गरेको छ । तर ती व्यापारीको बारेमा भने प्रहरीले केही जानकारी गराएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।