अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो
चैत ३, २०८१ आइतबार
रुकुम(पश्चिम) – बालिका जबर्जस्ती गर्न खोज्ने जिल्ला अस्पताल रुकुम(पश्चिम)मा कार्यरत अहेव चन्द्रकुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
मुसीकोट नगरपालिकाकी १४ वर्षीया एक बालिकालाई जबर्जस्ती गर्न खोजेको आरोपमा अहेव मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।
अस्पतालमा उपचारका लागि आएकी बालिकालाई मल्लले बुधबार राति ११ बजेतिर जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । शौचालय जाँदै गरेकी बालिकालाई नजिकै रहेको प्रतिक्षालयमा बोलाएर मल्लले जबर्जस्ती करणीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयमा दिइएको जाहेरीमा उल्लेख छ ।
मल्लबाट फुत्किन सफल बालिकाले आफ्नो परिवारका सदस्यलाई आफूलाई जबर्जस्ती गरिएको बताएपछि बिहीबार जाहेरी दर्ता भएको र लगत्तै मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
मल्लमाथि जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । शुक्रबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान सुरु गरिएको खड्काले जानकारी दिनुभयो ।
आठबीसकोट नगरपालिका –१४, घेत्मा घर भएका मल्ल विगत तीन वर्षदेखि जिल्ला अस्पतालमा करारमा कार्यरत थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।