ललितपुरमा गजलकार गुलाम अलीको प्रस्तुति
चैत ३, २०८१ आइतबार
बाँके – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानमा नेपाल प्रहरी सदैव चनाखो रहनुपर्ने बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौंले बाँकेको कोहलपुरमा आयोजना गरेको प्रदेश ५, ६ र ७ स्तरीय अनुसन्धान तथा अभियोजनका लागि प्रहरी र सरकारी वकिलहरुको प्रादेशिक सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै महानिरीक्षक खनालले यस्तो बताउनुभएको हो ।
महानिरीक्षक खनालले नागरिकप्रति उत्तरदायी भएर इमान्दारिता र निष्ठापूर्वक काम गर्नुको विकल्प नरहेको बताउँदै भन्नुभयो, ‘अनुसन्धानकर्ताको गलत अनुसन्धानका कारण कुनै व्यक्ति समाजबाट तिरस्कृत हुन सक्ने भएकाले अभियोजनकर्ता प्रहरी अधिकारी र सरकारी वकिलबीच गतिशील सम्बन्ध कायम हुन जरुरी छ ।’
विधिको शासन कायम गरी कसैको पनि सामाजिक मर्यादामा आँच नआउने गरी अनुसन्धानको दायरालाई बढाउनुपर्ने बताउँदै उहाँले २१औं शताब्दिमा पनि अब पुरानै पाराले अनुसन्धान प्रकृया पूरा हुन नसक्ने उल्लेख गर्नुभयो ।
उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले बदलिँदो समय परिस्थिति अनुसार प्रहरीले गर्ने अनुसन्धानको स्वरुप परिवर्तन गर्नुपर्ने सुझाव दिनुभयो । बदलिँदो समय परिस्थिति अनुसार प्रहरीले गर्ने अनुसन्धानको स्वरुप परिवर्तन गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरु बस्न्यातले अनुसन्धानको क्रममा भित्रबाट बाहिर हेर्ने प्रवृत्ति भएको बताउँदै दण्डहिनताको अन्त्य गर्नका लागि सुक्ष्म अनुसन्धान आवश्यक भएकोमा जोड दिनुभयो । एउटा गोलीले २ सिकार गर्न सक्नुपर्ने बताउँदै बस्न्यातले दण्डहिनताको अन्त्य गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।