गाडी लिएर घरघरमै विद्यार्थी भर्नाका लागि पुगे सामुदायिक विद्यालय

 बैशाख ६, २०७६ शुक्रबार १८:२०:४१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेमा अंग्रेजी माध्यममा पढाइ सुरुवात गरेका केही सामुदायिक विद्यालयहरुले विद्यालयको बससहित विद्यार्थी भर्ना अभियान सुरु गरेका छन् । 

पहेँलो रंगको बस लिएर अभिभावकको माझमा पुग्नु आफूहरुका लागि समेत नौलो अनुभव भएको ज्ञानोदय नमुना माविका शिक्षक अर्जुन थापाले बताउनुभयो । बाँकेको खजुरा गाउँपालिकामा रहेको आदर्श मावि र जनता नमुना माविले पनि बससहित विद्यार्थी भर्ना अभियान चलाइरहेका छन् । 

अंग्रेजी माध्यम र बस घरसम्मै पुग्न थालेपछि विद्यार्थीको सङ्ख्या बढेको आदर्श माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले बताउनुभयो । यसैगरी बैजनाथ गाउँपालिकाको जी गाउँमा रहेको प्रभात माध्यमिक विद्यालयले पनि यस वर्ष बस खरिद गरेको छ । 

केही दिनअघि पाल्पाको पूर्वखोला गाउँपालिका र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका निजी विद्यालय सामुदायिक विद्यालयमा गाभिएका थिए । पछिल्लो समय देशका धेरै सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर सुधारेपछि निजी विद्यालय छाडेर सामुदायिक भर्ना हुने विद्यार्थीको संख्या बढिरहेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया