राजर्षि जनक कपकाे उपाधि थ्री स्टारले उचाल्याे

 बैशाख ६, २०७६ शुक्रबार १९:४०:४५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही -  सर्लाहीको बाग्मतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि  थ्री स्टार क्लबले हात परेको छ ।

शुक्रबार भएको फाइनल खेलमा आयोजक टिम बाग्मती युवा क्लबलाई २-१ ले हराउँदै थ्री स्टार क्लबले उपाधि हात पारेको हो। विजेता टिम थ्री स्टारले नगद दश लाख रुपैयाँसहित राजर्षि कप हात पारेको छ। आफ्नै घरेलु मैदानमा हार व्यहाेरेको बाग्मती युवा क्लबले उपविजेतामै चित्त बुझाउनुपर्‍यो ।

पहिलो हाफ गाेलरहित बराबरीमा सकिएको खेलमा ६४ औँ मिनेटमा बाग्मतीका विदेशी खेलाडी एकेने क्रिष्टियनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ।

त्यसको एक मिनेटपछि नै थ्री स्टारले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्यायो । बाग्मतीका खेलाडीले थ्री स्टारका खेलाडीलाई डिबक्सभित्र लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै थ्री स्टारका रेजिन धिमालले गोल गरेका थिए।

एक–एक को बराबरीमा अघि बढिरहेको खेलमा दुई मिनेट थपिएको इन्ज्युरी समयमा थ्री स्टारका खेलाडीले प्रहार गरेको बल रोक्न नसक्दा आयोजक बाग्मती युवा क्लबले उपविजेतामै चित्त बुझाउनुपर्‍यो ।इन्ज्युरी समयमा थ्री स्टारका विदेशी खेलाडी माङ्साको पासमा सुशील राईले गोल गर्दै टिमलाई उपाधि दिलाएका हुन।

प्रतियोगिताको विजेता टिम थ्री स्टारका प्रशिक्षक मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । यसैगरी, थ्रीस्टारबाट सबैभन्दा बढी चार गोल गर्ने सुशील राई सर्वोत्कृष्ट गोलकर्ता  ठहरिए । थ्रीस्टारकै विक्रम लामा उत्कृष्ट मिल्डफिल्डर घोषित भएका छन ।

बाग्मतीका एकेने क्रिष्टियन उत्कृष्ट डिफेन्डर र बाग्मतीकै अरुण तामाङ उत्कृष्ट गोलरक्षक घोषित भएका हुन । फाइनल खेलमा बाग्मतीका विजय लामा म्यान अफ् द म्याच घोषित भएका छन् ।

सर्लाहीबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने बाग्मती युवा क्लबका सगुन राई बाग्मती राइजिङ प्लेयर अफ् द इयरकाे उपाधि जित्दै एक थान मोटरसाइकल प्रप्त गरेका छन।

चैत २५ गतेबाट बाग्मती नगरपालिकाको कर्मैयामा जारी खेलमा विभागीय दुई टिमसहित १२ टिमले सहभागिता जनाएका थिए।

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया