घुससहित इञ्जिनियर पक्राउ

 असार १५, २०७५ शुक्रबार २०:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाँकेमा एकजना प्राविधिकलाई सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा शुक्रबार पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिकाका इञ्जिनियर मजिद खाँलाई अख्तियारको टोलीले २५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो । 

बैजनाथ गाउँपालिका वडा नं. ८ मा माटो पटान तथा ग्राभेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ ।

खाँलाई बाँकेको कोहलपुर नगरपालिका वडा नं. ४ मदनचोकमा रहेको सार्वजनिक प्रतिक्षालयबाट घुससहित रंगेहात नियन्त्रणमा लिइएको हो । 

पक्राउ गरिएका खाँका विषयमा थप  अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया