काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – साहित्यकार एवं पत्रकार यादव थपलियाको ४० वर्षका उमेरमा शुक्रबार ‘भाइरल इन्फ्लुएञ्जा’ का कारण निधन भएको छ ।
‘कान्तिपुर दैनिक’ पत्रिकाका वरिष्ठ उपसम्पादक थपलियाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार अपराह्न निधन भएको हो । ज्वरोका कारण बुधबार उपचारार्थ अस्पताल भर्ना हुनुभएका थपलियाको असामयिक निधन भएपछि परिवार, साहित्यकार, पत्रकार र उहाँका सहकर्मी स्तब्ध हुँदै अस्पताल र आर्यघाट पुगेका थिए ।
उहाँले यसअघि ‘नयाँ विकल्प’ साप्ताहिक, ‘जनपुकार’ साप्ताहिक, ‘खोजतलास’ सन्ध्याकालीन दैनिक, ‘स्पेशटाइम’ दैनिक, ‘नयाँ पत्रिका’ दैनिक र ‘नागरिक’ दैनिकमा सम्पादनको काम गर्नुभएको थियो ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११, डाँडाथोकमा जन्मिनुभएका थपलिया नागार्जुन साहित्यिक प्रतिष्ठान, सिर्जना मझेरीलगायत संस्थाका संस्थापक सदस्य हुनुहुन्थ्यो । उहाँको २०६३ सालमा प्रतिष्ठानबाट ‘मृत्यु–चुम्बन’ उपन्यास प्रकाशन भएको थियो । उहाँको साहित्यिक ‘सम्मतिका छालभित्र’ समीक्षा कृति पनि प्रकाशित छ । उहाँले विभिन्न साहित्यिक पत्रिका र कृति सम्पादन गर्नुभएको थियो ।
प्रतिष्ठानका महासचिव माधव निर्दोषले शोक विज्ञप्ति जारी गरी थपलियाले मौलिक साहित्य र सिर्जनात्मक पत्रकारितामा दिएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभएको छ । थपलियाको शुक्रबार नै पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो । उहाँका श्रीमती र दुई छोरी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
चन्द्रकुमार गदाल
June 30, 2018, 7:50 a.m.कत्ति दुखद समाचार ! स्वर्गीय आत्माप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समबेदना !