पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
रुपन्देही - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका महासचिव बिष्णु पौडेललाई संसदको कठघरामा उभ्याउनु पर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ४ को सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै उहाँले बालुवाटार जग्गा काण्डको छानबिन गर्न नेकपा महासचिव पौडेललाई संसदको कठघरामा उभ्याउनु पर्ने बताउनु भएको हो ।
भष्टाचारलाई संस्थागत गर्न सरकार लागिरहेको भन्दै उहाँले बालुवाटार जग्गा काण्डमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको भनाइले सरकारले संस्थागत भष्टाचारलाई प्रश्रय दिइरहेको पुष्टि गरेको बताउनु भयो ।
बालुवाटर जग्गा काण्ड , वाइड बडी खरिद र बुढिगण्डकीमा भष्टाचार भएको भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले भष्टाचारका विरुद्ध शर्तहीन एजेण्डा तय गर्नुपर्ने बताउनु भयो ।
सरकार पतनको दिशातर्फ गइरहेको भन्दै उहाँले ओली सरकार समृद्धिको बिहानीमा कुहिराको काग भएको बताउनु भयो । उहाँले सरकारले अरुको आलोचना गर्ने तर आफनो समीक्षा र आत्मालोचना गर्न नसकेको बताउनु भयो । कांग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टिलाई वैचारिक र सांगठनिक रुपमा बलियो बनाउँदै सरकारका गलत कृयाकलाप विरुद्ध केन्द्रित हुनुपर्ने बताउनु भयो ।
प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार अधिनायकवादी सोचका साथ अगाडि बढिरहेको भन्दै संसदबाट त्यसकाे प्रतिवाद गर्ने बताउनु भयो । केन्द्रीय सदस्य गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि सरकारबाटै खतरा रहेको भन्दै प्रधानमन्त्री ओली संसदको अंक गणितले बलियो तर योजना र दृष्टिकोणका हिसाबले बरालिएको बताउनु भयो ।
उहाँले मुख्यमन्त्रीहरु प्रधानमन्त्रीको कारिन्दा बन्दै गएको भन्दै अदालत, संसद र अख्तियारलाई डर देखाएर प्रधानमन्त्री ओलीले संघियता र संविधानमाथि निर्मम प्रहार गरेको बताउनु भयो ।
केन्द्रीय सदस्य बद्री पाण्डेले कांग्रेस कार्यकर्ताहरुलाई संगठन निर्माणमा जुट्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्ने स्थानीय नेता र कार्यकर्ताहरुले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न माग गर्दै सरकारका जनविरोधी कृयाकलाप विरुद्ध पार्टीको अडान सशक्त रुपमा प्रस्तुत गर्न आग्रह गरेका क्षेत्रीय सभापति हरि लम्सालले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।