दुई करोड ३० लाख बढी मानिसकाे पासवर्ड '१२३४५६'

प्रिमियर लिग फुटबल क्लब 'लिभरपुल' पासवर्ड राख्ने पनि धेरै

 बैशाख ८, २०७६ आइतबार २०:६:४८ | एजेन्सी
unn.prixa.net

एक अध्ययनका अनुसार लाखौं मानिसहरु आफ्नो संवेदनशील एकाउण्टमा सजिलो पासवर्ड राख्ने गर्दछन् । बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) ले गरेको विश्लेषणमा भंग भएका एकाउण्टमध्ये धेरैले अङ्ग्रेजी अंक '१२३४५६' लाई पासवर्डको रुपमा प्रयोग गरेका छन् । 

एनसीसीले मजबुत पासवर्ड राख्नका लागि एकाउण्ट खोल्नेहरुले तीन अनियमित (जस्तोसुकै) तर सम्झन सकिने शब्द राख्नुपर्ने बताएको छ । 
 

संवेदनशील जानकारी

आफ्नो पहिलो साइबर सर्वेक्षणमा एनसीसीले सार्वजनिक डाटाबेसको विश्लेषण गरेको थियो, जसमा कुन शब्द, वाक्यांश र वाक्यको प्रयोग हुने गरेको छ भनेर जान्न खोजिएको थियो । 

दुई करोड ३० लाखभन्दा बढीले अङ्ग्रेजी अंक '१२३४५६' राखेका थिए । दोस्रो नम्बरमा धेरैले अङ्ग्रेजी अंक '१२३४५६७८९' लाई पासवर्ड बनाएका थिए, जसलाई भंग गर्न गाह्रो थिएन । यसपछि अङ्ग्रेजी अक्षर 'क्यू-डब्ल्यू-इ-आर-टी-वाई' र अङ्ग्रेजी अंक '१११११११' रहेका छन् । 

त्यसैगरी पासवर्डमा सबैभन्दा धेरै प्रयोग हुने नामहरुमा 'यासले', 'माइकल', 'ड्यानियल', 'जेसिका' र 'चार्ली' रहेका छन् । 

यसपछि आउँछ प्रिमियर लिग फुटबल क्लबको नामलाई पासवर्ड बनाउनेहरु । यसको पहिलो नम्बरमा 'लिभरपुल' छ भने 'चेल्सी' दोस्रो नम्बरमा छ । 'ब्लिंक–१८२' सांगीतिक क्षेत्रमा सबैभन्दा माथि छ । 

‘जो मानिसहरुले सहजै थाहा पाउने शब्द र नामलाई पासवर्ड बनाउँछन्, उनीहरुको एकाउण्ट ह्याक हुने खतरा बढी हुन्छ,’ एनसीसीका प्राविधिक निर्देशक डा. इयान लिभेले भने । 

‘सहजै अनुमान गर्न सकिने जस्तैः तिनीहरुको पहिलो नाम, स्थानीय फुटबल टिम र प्यारो ब्याण्डको नामलाई पासवर्ड बनाएर सुरक्षित हुन सकिँदैन,’ उनले भने ।

अनुमान लगाउन कठिन

एनसीसीको अध्ययनले मानिसहरुको सुरक्षा व्यवहार र डरको बारेमा पनि बताएको छ । ४२ प्रतिशत मानिसहरु अनलाइनमा हुने बदमासीका कारण पैसा गुम्ने मान्छन् भने केवल १४ प्रतिशतले मात्र अनलाइनबाट बच्न सक्ने बताएका थिए । 

आधाभन्दा बढीले इमेल एकाउण्टको पासवर्डमा अलग र सोच्न कठिन हुने शब्दको प्रयोग गरेका थिए । सुरक्षा विश्लेषक ट्रोए हन्ट, जसले ह्याक भएका एकाउण्टको डाटाबेस राख्छन्, उनी भन्छन्, ‘राम्रो र सुरक्षित पासवर्ड प्रयोग गर्नु नै आफूलाई अनलाइनबाट बचाउन ‘एकल सबैभन्दा ठूलो नियन्त्रण’ थियो, जसका कारण मानिसहरुले अनलाइन सुरक्षामाथि कब्जा गरेका थिए ।’

अप्रिल २४–२५ मा बेलायतमा हुने एनसीसीको सम्मेलनअघि यो सर्वेक्षण प्रकाशित गरिएको हो । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया