पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गयाे

 बैशाख १४, २०७६ शनिबार २०:४५:१५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - पौडी खेल्न क्रममा नदीमा डुबेर सर्लाहीमा शनिबार दुई बालकको ज्यान गएको छ ।

ईश्वरपुर नगरपालिका–९ कुरैनियाका विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी  खेल्ने क्रममा  डुबेर ज्यान गएको हो भने  बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौडी खेल्ने क्रममा  डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त परियाको ज्यान गएको हाे ।

दिउँसोको गर्मी छल्न बालबालिकाहरु नदी, खोला तथा पोखरीमा पौडी खेल्न जाने गरेका छन्। यसै क्रममा पौडी खेल्दै गर्दा उनीहरू दुवैको ज्यान गएको हो । दुवै बालकको शव पोष्टमार्टमका लागि  जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: चैत २९, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया