केपी ओली कपको उपाधि मच्छिन्द्रलाई, सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - भारतीय सेनाले नेपालको मकालु हिमालमा यतीको पाइला भेटिएको दाबी गरे पनि नेपाली अधिकारीले भने त्यसको खण्डन गरेका छन् ।
भारतीय सेनाको एउटा पर्वतारोही टोलीले मकालु हिमालको आधार शिविरमा यतीको पाइला भेटिएको भन्दै फोटो सार्वजनिक गरेपछि विश्वका विभिन्न सञ्चार माध्यमले यसलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठ भने यतीकै पाइला भनरे ठोकुवा गर्न नसकिने बताउनुहुन्छ ।
उज्यालो अनलाइनसँग कुरा गर्दै सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, ‘उनीहरुले भनेझैँ यतीकै पाइला हो भनेर ठोकुवा गर्न सकिने अवस्था होइन । पहिले पनि यस्ता खबर आएका थिए तर ति झुटो सावित भएका थिए ।’ लामो समयसम्म यतीकै बारेमा खोज अनुसन्धान गर्ने अनुसन्धानकर्ता ड्यानियल सी टेलरले पनि यस क्षेत्रमा हिम मानवका पाइला भनेर प्रचार गरिएका चिज ठूलो भालुको पाइलासँग मेल खाने बताएको श्रेष्ठ बताउनुहुन्छ ।
टेलरले ‘यति : द इकोलोजी अफ् अ मिस्ट्री’ मा यतीका बारेमा कुरा गरेको श्रेष्ठ बताउनुहुन्छ । टेलरको अनुसन्धानबाट पनि हिमालमा देखिएका पाइला ठ्याक्कै यतीकै हो भनेर पत्ता नलागेको सूचना अधिकारी श्रेष्ठ बताउनुहुन्छ । वर्षौंसम्म यतीकै बारेमा अनुसन्धान गर्ने टेलरले पत्ता नलागाएको कुरा भारतीय सेनाको टोलीले पत्ता लगायो भन्न नसकिने उहाँ बताउनुहुन्छ ।
सूचना अधिकारी श्रेष्ठले भारतीय सेनाले यतीकाे पाइला भनेर दाबी गरे पनि ती पाइला हिमाली भालु वा कुनै हिमाली जनावरकाे हुन सक्ने बताउनुभयाे ।
विभागका सूचना अधिकारी श्रेष्ठले मकालु वरुण राष्ट्रिय निकुञ्जका अधिकारीहरुले पनि आफूहरुलाई हिउँ मानव ‘यती’को पाइला भेटिएको भन्ने कुनै आधिकारिक जानकारी नदिएको बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।