मकालु बेसक्याम्पमा यतीकाे पाइला भेटिएकाे भारतीय सेनाकाे दाबी

 वैशाख १७, २०७६ मंगलबार १९:५३:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय सेनाले  नेपालकाे मकालु हिमालमा यतीको पाइला  भेटिएको भन्दै आफ्नो अफिसियल ट्विटर पेजमा फाेटाे र स्टाटस शेयर गरेकाे छ ।  पौराणिक ग्रन्थमा व्याख्या गरिएको भनिएको यतीको रहस्यमयी छाप भेटिएको भन्दै भारतीय सेनाले ट्वीट गरेकाे छ ।

दक्षीण एसियाली लोकथामा हिम मानव अर्थात यतीको चर्चा गरिएको पाइन्छ । तर अहिले यती छ भन्ने कुनै प्रमाण नभए पनि पौराणिक ग्रन्थहरुमा अझै पनि हिमालयहरुमा यती पाइने कुरा बताइएको छ ।

अहिले भारतीय सेनाले नेपालकाे मकालु हिमालकाे बेसक्याम्पमा यतीको पाइला भेटिएको भन्दै सामाजिक सञ्जालमा फोटोहरु शेयर गरिरहेको छ । यतीका पाइला भनिएका फोटोहरु अप्रिल ९ मा खिचिएकाे थियो । तर भारतीय सेनाले यतीको बारेमा विस्तृत अध्ययन गरेपछि यतीकाे भएकाे भन्दै फोटोहरु शेयर गरेको बताएको छ ।

सामाजिक सञ्जालमा सेनाकाे यस ट्वीटलाई व्यङ्ग्य गर्नेहरु पनि कम छैनन् । कतीपयले यसलाई झुटाे भएकाे बताएका छन् ।

यस्ताे टिप्पणी बढ्न थालेपछि  आफूहरुले यती विज्ञहरुसँग सल्लाह गरेपछि मात्र यतीकै पाइला हो भन्ने पुष्टि गरेको भारतीय सेनाले बताएको छ ।

उच्च हिमाली भेगमा यती पाइने कुरा विभिन्न कथाहरुमा वर्णन गरिँदै आएको छ । सन् २०१३ मा बेलायती वैज्ञानिकहरुको एक अनुसन्धानले लोकथाहरुमा वर्णन गरिएका यतीहरु त्योबेला अस्तित्वमा रहेको तर पछि खैरो भालुमा परिणत भएको भन्ने खुलाएको थियो ।

तर ट्विटर प्रयोगकर्ताहरुले भने भारतीय सेनाले यतीको पाइला भएको भन्नेबारे गलत दाबी गरेको बताएका छन् । विगत केही वर्षयता यतीको अस्तित्वबारे थुप्रै अनुसन्धानहरु भइरहेका छन् । सन् २०११ मा नेपालबाट लण्डन पुर्‍याइको पचास वर्ष पुरानो औँलाको डीएनए परीक्षण भएको थियो ।

डीएनए परिक्षणले त्यो औँला मानिसको हड्डी भएको पुष्टि थियो । यस्तै सन् २०१३ मा अक्सफोर्ड विश्वविद्यालयका जेनेटिक प्रोफेसर ब्रायन साइक्सले एउटा कपालमाथि डीएन परीक्षण गरेका थिए । उनले त्यो कपाल हजारौँ वर्ष पुरानो ध्रुवीय भालुसँग मेल खाएको बताएका थिए ।

उनले त्यो पौराणिक प्राणी अर्थात यती ध्रुवीय भालुको नश्ल हुन सक्ने बताएका थिए ।


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया